Loading... आजः सोमवार, कार्तिक १०, २०७७

बुम रेमिट क्रिकेट प्रतियोगिताको तयारी तिब्र

बाँके । कोहलपुरमा यहि माघ ९ गतेबाट संचालन हुने बुम रेमिट जिल्लाब्यापी विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।

रनिङशिल्ड प्रतियोगिताको रुपमा गत वर्षदेखी प्रारम्भ भएको प्रतियोगिताको दोस्रो संस्करणका रुपमा प्रतियोगिता संचालन गर्न लागिएको मध्यपश्चिम क्रिकेट क्लबका अध्यक्ष दिपेन्द्र थापाले जानकारी दिए ।

बुम रेमिट प्रा.लि. को मुख्य प्रायोजनमा संचालन गरिने उक्त प्रतियोगितामा क्रियटिभ ह्याण्ड संस्थाले समेत सहकार्य गरीरहेको क्लबका उपाध्यक्ष संगिन शर्माले जानकारी दिए ।

विद्यालय स्तरबाटै उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने हेतुले संचालन गरीने प्रतियोगितामा जिल्लाका १६ विद्यालयलाई सहभागी गराउने तयारी गरिएपनि अधिकाशं विद्यालयहरुले सहभागीताकोलागी ईच्छा देखाउँदै आएको शर्माले बताए ।

जिल्लाकै उत्कृष्ट क्लबका रुपमा स्थापित मध्यपश्चिम क्रिकेट क्लबले बिभिन्न उमेर समुहको प्रतियोगिता संचालन गर्दै आएको छ ।

लगत्तै छात्रा क्रिकेट प्रतियोगिता संचालनको तयारीमा रहेको क्लबले बुम रेमिट क्रिकेट प्रतियोगिताको तयारीका बारेमा जानकारी दिने उद्धेश्यले पत्रकार सम्मेलनको तयारी गरेको प्रतियोगिताका निर्देशक लेख बहादुर क्षेत्रीले जानकारी दिए ।

उनले यहि माघ ७ गते पत्रकार सम्मेलनको तयारी गरिएकाले सहयोगका लागि सबै पक्षलाई आग्रह समेत गरेका छन ।


ताजा समाचार