Loading... आजः शुक्रबार, अशोज १, २०७८

NCSS ले गर्यो दृष्टिविहिन राष्ट्रिय क्रिकेट टिमलाई हवाई टिकट हस्तान्तरण

 

काठमाण्डौ । नेपाली क्रिकेट समर्थक समाज (NCSS) ले दृष्टिविहिन राष्ट्रिय क्रिकेट टिमलाई दुबई-काठमाडौ हवाई टिकट हस्तान्तरण गरेको छ ।

शुक्रबार युएई स्थित होटल रमादामा एक कार्यक्रमको आयोजना गरि NCSS का संस्थापक सदस्य एवम् युएई प्रतिनिधि महेन्द्र गुरुङ्गले टिमलाई टिकट हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै गुरुङ्गले दृष्टिविहिन विश्वकप खेल्न आउने नेपाली राष्ट्रिय क्रिकेट टिम बस, रेल हुदै ४ दिने कष्टकर यात्रा गर्नुपर्ने खबर मिडियामा आएसँगै आफुहरु स्तब्ध भएको र लगत्तै NCSS ले स्वाभिमानको अभियान (जादा रेल,आउदा प्लेन) घोषणा गरेको बताए ।

NCSS को अभियान सफल भए सगैँ टिकट हस्तान्तरण गर्दा खुशी र पिडावोध दुईटै भएको र निर्लज्ज राज्यप्रति जनताको यो नैतिक जवाफ भएको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै नेत्रहिन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले “NCSSले दिएको मान, सम्मान र हाइटका लागि आफु र आफ्नो क्रिकेट टिम कृतग्य भएको बताए । “ उनले भने,“यो परदेशमा पनि ल्ऋक्क्ले जुन आत्मियता हामीलाई दिएको छ, त्यसबाट हामी अत्यन्त आभारी छौ । राज्यलाई नैतिक दबाब अब पर्छ,भविष्यमा हामीले अब भन्ने बाटो पनि पाएका छौ । NCSS को यस अभियानमा साथ दिने सम्पुर्ण नेपालीहरुमा पनि म र मेरो टिम धन्यवाद ज्ञापन गर्दछु । “

“स्वाभिमानको अभियानमा” सहयोग रकम सात लाख नाघ्यो

स्वाभिमानको अभियान (जाँदा रेल, आउँदा प्लेन) अन्तर्गत सहयोग रकम सात लाख नाघेको छ । अभियानको नेतृत्व गरेको NCSS संस्थाका कोषाध्यक्ष प्रमोद बज्राचार्यद्वारा जारी गरिएको पछिल्लो सहयोग अपडेटमा सो जानकारी आएको हो ।

टिकट खर्च बाहेक उठ्ने सबै रकम खेलाडीको सम्मानको लागि खर्चिने NCSS ले जनाएको छ । अभियान आइतवार सम्म चल्ने बताइएको छ ।


ताजा समाचार