Loading... आजः बिहिबार, कार्तिक ११, २०७८

भ्रष्टाचार विरोधी अभियान्ता शारदाको नजर जाजरकोटतिर

शारदा भुषाल झा

महेश थापा
जाजरकोट । भ्रष्टाचार विरुद्धकी अभियान्ता शारदा भुषाल झाको नेतृत्वमा जाजरकोटका बिभिन्न सार्वजनिक निकायमा सुचना माग भइरहेको छ । सचेत नागरीकहरुले समयमै खवरदारी नगरे भ्रष्टाचार हुन सक्नै भन्दै सार्वजनिक निकायले गरेका बिभिन्न कार्यक्रमहरुको सुचना माग गरिएको शारदा फाउन्डेसन नेपालले जनाएको छ ।

जाजरकोटका छेडागाड नगरपालिका र शिवालय गाउँपालिका भित्रका स्वास्थ्य, शिक्षा, सामुदायीक वन र बिभिन्न विकास निर्माणका कामहरुको सुचना माग गरीएको भ्रष्टाचार विरुद्धकी अभियान्ता तथा शारदा फाउन्डेसनकी संचालक शारदा भुषाल झाले बताइन । उनले सामाजिक माफिया विरुद्ध लाग्न सवैलाई आह्वान गरेकी छिन् । झाको भ्रष्टाचार विरुद्धको अभियानलाई जाजरकोटका युवाहरुले समेत साथ दिएका छन् ।

शिवालय गाउँपालिका ३ का महेश थापा, छेडागड नगरपालिकाका जय बहादुर थापा लगायतका युवाहरुले उनको अभियानलाई साथ दिएका छन् । नेपालको संविधानमा प्रत्यक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सुचना माग्ने र पाउने हकको व्यवस्था भए बमोजिम सुचनाहरु माग गरेको झाको अभियानलाई साथ दिएका युवा महेश थापाले बताए ।

सुचनाको हक संबन्धी ऐन २०६४ तथा नियमावली २०६५ बमोजिम हरेक सार्वजानीक निकायले सार्वजनिक सरोकारको कुनैपनि बिषयको सुचना नगरिकलाई उपलब्ध गराउनुपर्ने व्यवस्था उल्यख छ । विभिन्न सार्वजनिक सरोकार राख्ने कार्यालका हरेक काम कारवाहीहरुलाई जनमुखी, सेवाग्राहीमत्री, र पारदर्शि बनाई सुशान कायम गर्न झाको भ्रष्टाचार विरोधी अभियानलाई साथ दिएको महेश थापाले जनाए ।

भ्रष्टाचार विरुद्ध देशव्यापी अभियान संचालन गरेकी झाले छेडागाड नगरपालिका र शिवालय गाउँपालिका भित्रका सामुदायीक वन उपभोक्ता समुहसंग माग गरेका सुचनाहरु यस्ता छन् ।

१. वन उपभोक्ता समुह दर्ताको प्रमाणित प्रतिलिपि ।

२. वन उपभोक्ता समुहको उद्देश्य के हो ? वन उपभोक्ता समुह र सामुदायिक वन विच गरेको सम्झौताको प्रमाणित प्रतिलिपि ।

३. २०६८ देखि ०७४ साल असार मसान्त सम्म वन उपभोक्ता समुहले गरेका निर्णहरुको प्रमाणित प्रतिलिपि ।

४. ०६८ देखि ०७४ असार सम्मको वार्षिक प्रगति प्रतिवेदनको प्रतिलिपी ।

५. ०६८ देखी ०७४ असार मसान्त सम्मको लेखापरिक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि ।

६. ०६८ देखि ०७४ सम्मको उपभोक्ता समुहबाट सञ्चालन गरिएको वनपैदावार, संकलन विक्रिवितरण गरेको अभिलेख एवम् पृष्ठपोषणको प्रमाणित प्रतिलिपि ।

७. ०६८ देखि ०७४ असार मसान्त सम्मको अन्तिम जाँचको प्रमाणित प्रतिलिपि ।

८. ०६८ देखि ०७४ असार मसान्त सम्म वन उपभोक्ता समुहमा कति जना के कति घरधुरी छन् तिनको नाम, ठेगाना र सम्पर्क नम्वरहरुको प्रमाण ।

९. ०६८ देखि ०७४ असार मसान्त सम्म वन उपभोक्ता समुहमा सदस्य हुन के गर्नु पर्दछ ? सहजै सदस्यता प्राप्त हुन्छ कि हुँदैन ?

१०. ०६८ देखि ०७४ असार मसान्त सम्म वन पैदावारको वार्षिक माँग संकलनको प्रमाणित प्रतिलिपि ।

११. ०६८ देखि ०७४ असार मसान्त सम्म वार्षिक रुपमा संकलन गरिने वन पैदावारको लगत तयारी प्रमाणको प्रमाणित प्रतिलिपि ।

१२. ०६८ देखि ०७४ असार मसान्त सम्म सामुदायीक वनको स्वीकृत कार्ययोजनाको प्रमाणित प्रतिलिपि ।

१३. ०६८ देखि ०७४ असार मसान्त सम्म वार्षिक कटानको परिणामलाई आधार मानी प्लट निर्धारण गरेको प्रमाणको प्रतिलिपि ।

१४. ०६८ देखि ०७४ असार मसान्त सम्म रुख छपान तथा छपान मुल्यांकनको प्रमाणित प्रतिलिपि ।

१५. ०६८ देखि ०७४ असार मसान्त सम्म छपान चेकजाँचको प्रमाणित प्रतिलिपि ।

१६. ०६८ देखि ०७४ असार मसान्त सम्म आन्तरिक खपतका लागि काठ, खोटो, जडीबुटी र दाउरा वल्लावल्ली कटान र संकलन गर्न इलाका वन कार्यालय बाट लिएको स्वीकृतीको प्रमाणित प्रतिलिपि ।

१७. ०६८ देखि ०७४ असार मसान्त सम्म व्यापारिक प्रयोजनको लागी काठ, खोटो, जडीबुटी र दाउरा संकलन गर्न जिल्ला वन कार्यालय वा ईलाका वन कार्यालयले दिएको सहमतीपत्रको प्रमाणित प्रतिलिपि ।

१८. ०६८ देखि ०७४ असार मसान्त सम्म जिल्ला वन कार्यालयले संकलन सहमति उपलब्ध गराएको प्रमाणको प्रमाणित प्रतिलिपि ।

१९. ०६८ देखि ०७४ असार मसान्त सम्म रुखहरुको कटान मुछानको विषयमा को को संग सहमति गरीएको छ सो सहमति पत्रको प्रमाणित प्रतिलिपि ।

२०.०६८ देखि ०७४ असार मसान्त सम्म उपभोक्ता समुहले वित्तय संस्थाबाट आर्थिक स्रोत जुटाएको छ भने सो के प्रमाणको प्रमाणित प्रतिलिपि ।

२१. ०६८ देखि ०७४ असार मसान्त सम्म काठ, खोटो र दाउरा कटान मुछानको दररेटको प्रमाणित प्रतिलिपि ।

२२. ०६८ देखि ०७४ असार मसान्त सम्म गोलिया काठ र दाउराको नाम नमाईसको प्रमाणित प्रतिलिपि ।

२३. ०६८ देखि ०७४ असार मसान्त सम्म काठको वर्गिकरण प्रमाणको प्रमाणित प्रतिलिपि ।

२४. ०६८ देखि ०७४ असार मसान्त सम्म काठ, खोटो, दाउरा ढुवानी र घाटगद्दी उपभोतmा समुहको अध्यक्ष सँग प्रमाणित गराएको प्रमाणको प्रमाणित प्रतिलिपि ।

२५. ०६८ देखि ०७४ असार मसान्त सम्म प्रत्येकवर्ष इलाका वन तथा जिल्ला वन कार्यालयले निरिक्षण गरेको प्रमाणको प्रमाणित प्रतिलिपि ।

२६.०६८ देखि ०७४ असार मसान्त सम्म उपभोक्ता समुहमा आन्तरिक खपतका लागी काठ, खोटो, दाउरा विक्रिवितरण के कति काम वा प्रयोगका लागी आन्तरिक खपत प्रयोजन अन्तरर्गत मानी विक्रि वितरण गरिएको छ सो को प्रमाणको प्रतिलिपि ।

२७. ०६८ देखि ०७४ असार मसान्त सम्म उपभोक्ता समुहका सदस्यहरुका लागी काठ, दाउरा विक्रि वितरणको प्रमाण ।

२८. ०६८ देखि ०७४ असार मसान्त सम्म काठ दाउरा लिने घर धुरीहरुको स्पष्ट विवरण र बुझिलिनेको प्रमाणको प्रमाणित प्रतिलिपिहरु ।

२९. ०६८ देखि ०७४ असार मसान्त सम्म उपभोक्ताको लागि काठ दाउराको मुल्य निर्धारण गरेको प्रमाणको प्रमाणित प्रतिलिपि ।

३०. ०६८ देखि ०७४ असार मसान्त सम्म सम्पन्नता, स्तरीकरण र वन पैदावार आपुर्तिमा सहुलियतको व्यवस्था कस्ता घरधुरीका व्यक्तिले सहुलियत पाए ? ति व्यक्तिको नाम र ठेगानाको प्रमाणित प्रतिलिपि ।

३१. ०६८ देखि ०७४ असार मसान्त सम्मको सामुदायिक वनको काठ, खोटो, दाउरा समुह बाहिर विक्रि वितरण गनुपूर्व जिल्ला वन कार्यालय सँग लिएको सहमतिको प्रमाणित प्रतिलिपि ।

३२. ०६८ देखि ०७४ असार मसान्त सम्मको लिलाम विक्रिको लागि जिल्ला वन कार्यालयबाट लट कायम गरेको प्रमाणको प्रमाणित प्रतिलपि ।

३३. ०६८ देखि ०७४ असार मसान्त सम्मको लिलाम विक्रि गर्ने काठ, खोटो र दाउराको जिल्ला वन कार्यालयले न्युनतम मूल्य निर्धारण गरेको प्रमाणको प्रमाणित प्रतिलिपि ।

३४. ०६८ देखि ०७४ असार मसान्त सम्ममाा बोलपत्र आह्वानबाट लिलामी विक्रि गरेको छ भने सो को प्रमाणित प्रतिलिपि ।

३५. ०६८ देखि ०७४ असार मसान्त सम्मको बोलपत्र आह्वानको प्रतिस्पर्धामामा भाग लिन पाउने व्यक्ति, फर्म, कम्पनी र उद्योगले के कस्ता शर्तहरु पुरा गर्नु पर्छ ? उक्त बोलपत्र आह्वानको लागि प्रतिस्पर्धाका लागि आउने व्यक्ति, फर्म, कम्पनी र उद्योगको नाम ठेगाना र सम्पर्क नम्वरको प्रमाण, ति प्रतिस्पर्धाका लागि शर्त पुरा गरेका हुन भनेर बोलपत्र दर्ता र प्रमाणिति गर्ने समुहको अध्यक्षले प्रमाणित गरेको प्रमाणको प्रतिलिपि ।

३६. ०६८ देखि ०७४ असार मसान्त सम्मको सिलबन्दी बोलपत्र खोल्न के प्रक्रिया अपनाएको हो सो प्रमाणको प्रमाणित प्रतिलिपि ।

३७. ०६८ देखि ०७४ असार मसान्त सम्ममा के कति बोलपत्र स्वीकृत भए सो को नाम ठेगाना र सम्पर्क नम्वरको प्रमाणित प्रतिलिपि ।

३८. ०६८ देखि ०७४ असार मसान्त सम्ममा उपभोक्ता समुहबाट लिलाम विक्रि गरिएका काठ, खोटो र दाउराको वोलकवोवालाले नेपाल सरकार समक्ष रकम दाखिला गरेको प्रमाण, सम्बन्धित समुहको विक्रि टाँच लगाई जिल्ला वन कार्यालयलको सहमति लिएर लैजाने स्थान वा उद्योग समेत स्पष्ट रुपमा उल्लेख गरि सोहि समुहले अनुसुचि २० बमोजिम इजाजत दिएको प्रमाणको प्रमाणित प्रतिलिपि ।

३९. ०६८ देखि ०७४ असार मसान्त सम्मको उपभोक्ता समुहले व्यापारिक प्रयोजनका लागि काठ, खोटो र दाउरा विक्रि वितरण गर्दा वन पैदावार शुल्क लाग्ने भनी नेपाल सरकारबाट तोकिएका कुन कुन प्रजातिहरुको काठ विक्रि गरेको हो सो भएमा काठ, खोटो र दाउरा ओसार पसारका लागि जिल्ला वन कार्यालयबाट सहमति लिएको प्रमाण र सहमति लिनु पूर्व सो वापत तोकिएको निश्चित राजश्व सम्बन्धित उपभोक्ता समहुले राजश्व खातामा दाखिला गरेको सो को भौचरको प्रमाणित प्रतिलिपि ।

४०. ०६८ देखि ०७४ असार मसान्त सम्मको वन पैदावार र आम्दानी खर्चको लगतको प्रमाणित प्रतिलिपि ।

४१. ०६८ देखि ०७४ असार मसान्त सम्मको प्रारम्भिक वातावरण्ीय परीक्षण र वातावरणीय प्रभाव मुल्यांकनको प्रमाणित प्रतिलिपि ।

४२. सामुदायिक वनभित्र ढुँगा, गिट्टी, बालुवा, ग्राभेल, माटो आदि उपभोक्ता समुहले संकलन र विक्रि गर्न पाउँछन कि पाउँदैनन् ? त्यस्तै नेपाल सरकारले चाहेमा सामुदायिकवन बाट ढुँगा, गिट्टी, बालुवा, ग्राभेल, माटो संकलन र विक्रि वितरण गर्न कुनै बन्देज लगाएको छ कि छैन ? छ भने त्यसको प्रमाण । छैन भने ०६८ देखि ०७४ असार मसान्त सम्म कति पटक नेपाल सरकारले विक्रि वितरण ग¥यो सो को प्रमाणको प्रमाणित प्रतिलिपि ।

४३. ०६८ देखि ०७४ असार मसान्त सम्मको वन उपभोक्ता समुहले कार्ययोजनाअनुसार निकालिएको काठ, खोटो, दाउरा र वल्लावल्लीको कटान, मुछान, ढुवानी, घाटगद्दी तथा विक्रिको मासिक प्रगति इलाका वन तथा जिल्ला वन कार्यालयलाइ बुझाएको प्रमाणको प्रमाणित प्रतिलिपि ।

४४. ०६८ देखि ०७४ असार मसान्त सम्मको सामुदायिक वन सम्बन्धमा जिल्ला वन कार्यालयले अुनगमन गर्दा दिएकोे सुझाव कार्यान्वयनको प्रमाणित प्रतिलिपि ।


ताजा समाचार