Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

काँग्रेसकै कार्यकर्ताले प्रधानमन्त्री देउवाको पुत्ला जलाए


डोटी । प्रदेश ७ को राजधानी कैलाली तोकेको विरोधमा दिपायल र सिलगढीमा काँग्रेसकै कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवाको पु्त्ला जलाएका छन् । मन्त्रिपरिषद बैठकले ७ नम्बर प्रदेशको राजधानी कैलालीको धनगढी तोके पछि काँग्रेसकै कार्यकर्ता निकै रुष्ट हुदै पुत्ला जलाएका हुन् ।

काँग्रेसका कार्यकर्ता लगायत अन्य प्रदर्शनकारीले दिपायलमा जुलुसले निकालेर पुत्ला जलाएका छन् । प्रदर्शनकारीले प्रधानमन्त्री देउवाको परालको शव बनाई शवयात्रासमेत गरेका थिए । प्रदेश राजधानीको माग गर्दै प्रदर्शनमा उत्रेका उनिहरुले एमाले उपाध्यक्ष भीम रावल, माओवादी केन्द्रका नेता लेखराज भट्ट विरुद्ध पनि नाराबाजी गरेका थिए ।

आन्दोलनकारीले प्रदेश ७ का सबै पहाडी जिल्लाको यातायात ठप्प पार्ने चेतावनी दिएका छन् ।


ताजा समाचार