Loading... आजः सोमवार, कार्तिक १०, २०७७

बार्सिलोनाको सिजनकै पहिलो हार, मेसी पेनाल्टीमा चुके


काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाले यो सिजनकै पहिलो हार आत्मसाथ गरेको छ । कोपा डेल रे अन्तरगत क्वार्टर फाइनलको पहिलो लेगको खेलमा बार्सिलोना स्पानियोलसँग १–० ले पराजित भएको हो ।

स्पेनिस सुपर कपमा पाँच महिनाअघि रियल मड्रिडसँग पराजित भएयता पहिलो पटक बार्सिलोनाले हारको सामना गर्नुपरेको हो । यद्यपि कोपा डेल रे को दोस्रो लेगको खेलमाा स्पानियोललाई हराउने मौका बार्सिलोनासँग छ ।

बार्सिलोनालाई पराजित गर्ने क्रममा स्पानियोलका लागि खेलको ८८ औँ मिनेटमा मेलेन्डोले निर्णायक गोल गरे । त्यसअघि ६२ औँ मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्ने अवसर लियोनेल मेसीले खेर फालेका थिए ।

स्पेनिस ला लिगामा बार्सिलोना डिफेन्डिङ च्याम्पियन रियल मड्रिड भन्दा १६ अंकले अगाडि रहेको छ । यो सिजन स्पेनका तीनै उपाधि जित्ने बाटोमा बार्सिलोना रहेको छ ।


ताजा समाचार