Loading... आजः सोमवार, कार्तिक १०, २०७७

किशोरी सन्जालको नेतृत्वमा बबिता खत्री


बाँके । जिल्ला किशोरी क्ल्ब सन्जालको तेस्रो साधारण सभा नेपालगन्ज मा समप्न्न भएको छ ।

जिल्ला किशोरी सन्जालको आयोजना स्याक नेपाल र प्लान इन्टरनेशनलको सहयोगमा गरिएको साधारण सभाले बाबिता खत्री लाई अध्यक्ष बनाइएको छ ।

नेपालगन्ज मनिकापुर निवासी खत्रीको अध्यक्षतामा १३ जना लगायत को कार्यसमिति चयन गरिएको छ।उक्त कार्यसमितिमा उप-ध्यक्षमा हिरा खत्री, सचिवमा कमला डाङी, सह-सचीवमा सपना परियार, कोषाध्यक्षमा डाली थापा मगर र सद्स्यमा साइमा शेख, मेनुका रावत, रिन्की सिद्दिकी, सुमन यादव, शिवानी रैदास, आशा परियार, तुल्सा खरेल, लक्ष्मी बुढाथोकी रहनु भएको छ ।

साधारण सभाको उद्घाटन सत्रमा बोल्दै महिला बालबालिका कार्यलयकी प्रमुख महिला बिकास अधिकृत शोभा शाहले गाउँ स्तरमा किशोरीहरु पनि सहभागिता गराइ सक्रिय गराउन जोड दिनु भयो, साथै अगामी दिनमा महिला बालबालिका कार्यलय सङ आवस्यक सह्कार्य र समन्वय गर्न आग्रह गर्नु भयो । उक्त कार्यक्रममा रुसुफ नेपालका सतिश पाठक,स्याकका शेष खनाल बाल अधिकारकर्मी साहिल अन्सारीको उपस्तिथि रहेको थियो ।

उक्त साधारण सभा आरती बि.क को सभापतित्वमा सम्पन्न भएको थियो ।


ताजा समाचार