Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

प्रदेश प्रमुख र अस्थायी राजधानी तोकियो, को कहाँ ?


काठमाडौं । निकै लामो समय पछि सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी राजधानी र प्रमुख तोकेको हो । सरकारले बहुमत प्राप्त दलहरुलाई समेत लत्याएर एकलौटी निर्णय मार्फत यस्तो निर्णय गरेको हो ।

यी हुन प्रदेश राजधानी

मन्त्रिपरिषदको बैठकले प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा अस्थायी राजधानी तोकिएको छ । यस्तै प्रदेश नम्बर ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी अस्थायी राजधानी तोकिएको छ ।

प्रदेश राजधानीको लागि बिभिन्न जिल्लामा आन्दोलन भइरहेको छ । दलका नेता र स्थानीय स्तरमा प्रदेश राजधानीका विषयमा फरक फरक धारणा र दवाव आन्दोलतहरु भइरहेको बेला सरकारले प्रदेश राजधानी तोकेको हो । त्यस्तै सात ओटै प्रदेशमा प्रदेश प्रमुख पनि तोकेको छ ।

यी हुन प्रदेश प्रमुखहरु

बैठकको निर्णयअनुसार प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा, प्रदेश नम्बर २ को प्रमुखमा रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ को प्रमुखमा अनुराधा कोइराला, प्रदेश नम्बर ४ को प्रमुखमा बाबुराम कुँवर, प्रदेश नम्बर ५ को प्रमुखमा उमाकान्त झा, प्रदेश नम्बर ६ को प्रमुखमा दुर्गा खनाल र ७ को प्रमुखमा मोहनराज मल्ललाई तोकिएको छ ।


ताजा समाचार