Loading... आजः बुधबार, कार्तिक ५, २०७७

बर्दियाली युवाहरु सामाजिक कार्यमा अगि बढ्दै

बर्दिया । बर्दियाली युवा अभियन्ताहरुकाे समुह “बिकासप्रेमी युवा समुह बर्दिया” ले माघी पर्वमा बर्दियाकाे ठाकुरद्वारमा अवस्थित ठाकुरबाबा मन्दिर दर्शन गर्न अाउने दर्शनार्थीहरुकाे जुत्ता चप्पल ब्यवस्थापन काे कार्य सम्पन्न गरेकाे छ ।

मन्दिर दर्शनमा अाउने झन्डै २ हजार दर्शनार्थीहरुले बिकासप्रेमी युवा समुहकाे ‘निशुल्क जुत्ता चप्पल ब्यवस्थापन’ कार्यक्रमबाट प्रत्यक्ष लाभ लिएका छन् । यसका साथै बिकासप्रेमी युवा समुहले अाज मन्दिरकाे मुल गेट देखि लियर मन्दिर प्राङगण सम्म सरसफाई समेत गरेकाे छ ।

संकलित फाेहाेर मैला लाई जलायर नष्ट समेत गरिएकाे छ । मन्दिर दर्शनका लागि अाउने दर्शनार्थीहरुकाे जुत्ता चप्पल हराउने समस्यालाई मध्यनजर गर्दै थालेकाे उक्त ‘निशुल्क जुत्ता चप्पल ब्यवस्थापन’ काे कार्यक्रमबाट लाभान्वित बनेका दर्शनार्थीहरुले बिकासप्रेमीकाे युवा समुहकाे यस कार्यलाई खुलेर प्रशंसा समेत गरेका छन् ।

देश र समाज रुपान्तरण गर्नका लागि ‘बिकासप्रेमि युवा समुह बर्दिया’ अागामी दिनमा पनि यस्तै किसिमका सचेतनात्मक तथा सामाजिक कार्यक्रमहरुलाई अगाडि बढाउदै लैजाने कुरा संयाेजक गाेपाल निराैलाले बताएका छन् ।


ताजा समाचार