Loading... आजः बुधबार, मंसिर १७, २०७७
Trending

नेपाली क्रिकेट समर्थक समाजकाेे अभियान सफल हुदै, दृष्टिविहीन क्रिकेट टिम प्लेनमै आउने

काठमाडौं । दृष्टिविहीन नेपाली क्रिकेट टिमलाई हवाई यात्राबाटै स्वदेश फर्काउने उद्देश्यले नेपाली क्रिकेट समर्थक समाज (NCSS) ले शुरू गरेको आर्थिक अभियान संकलनमा अहिलेे सम्म करिब ६ लाख नगद उठेको छ ।

देश तथा विदेशमा रहेका व्यक्तित्व तथा नेपाली क्रिकेट प्रति माया गर्नेको सहयोगमा नै नेपाली दृष्टिविहीन क्रिकेट टिम हवाईजहाजबाट स्वदेश फर्काउन लागिएको हो । पाकिस्तान र युएईमा संयुक्त रुपमा आयोजना भएको प्रतियोगितामा भाग लिन नेपाली दृष्टिविहीन क्रिकेट टिम कष्टकर यात्रा पार गर्दै पाकिस्तान पुगेको थियो । अहिले नेपाली टिम दुबईमा रहेको छ ।

२२ सदस्यीय नेपाली दृष्टिविहीन क्रिकेट खेलाडीलाई स्वदेश जहाजबाटै फर्काउने अभियानमा विभिन्न खेलाडी तथा अन्य सहयोगी हातहरू अघि बढेका थिए ।

नेपाली क्रिकेट समर्थक समाजले खेलाडीको यात्रा सहज बनाउन थालेको यो अभियानमा नेपाली क्रिकेट टिमका कप्तान, पूर्वकप्तान, खेलाडी तथा खेलसँग सम्बन्धित व्यक्ति र संघ संस्थाले सहयोग गरेका छन् ।

नेपाली क्रिकेट समर्थक समाजका अध्यक्ष भानु सिग्देलले दृष्टिविहीन खेलाडीलाई जहाजबाट स्वदेश ल्याएरै छाड्ने बताए । उनले भने, “आजभोलि नै टिकट लिने छौं । ३–४ वटा एयरलाइन्ससँग कुरा भइरहेको छ । अब जसले डिस्काउन्ट दिन्छ, उसैकोबाट टिकट लिने हो ।”

सरकारबाट अहिलेसम्म कुनै सहयोग आएको छैन । प्रधानमन्त्री कार्यालय, युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्ले नेपाली खेलाडीलाई कसरी ल्याउने भन्ने बारेमा केही बोलेको छैन । नेपाली खेलाडी करिब ३ दिनको कठिनपूर्ण बस यात्राबाट पाकिस्तान पुगेको थियो ।


ताजा समाचार