Loading... आजः शुक्रबार, कार्तिक १४, २०७७

देशैभर धुमधामका साथ मनाईयो माघि पर्व न्यौपानेद्धारा शुभकामना ब्यक्त

कोहलपुर । माघ महिनाको पहिलो दिन आज माघे संक्रान्ती पर्व मनाईएको छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले आजको दिनलाई मकर संक्रान्ती पनि भनिन्छ । आजका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । माघे संक्रान्तिका दिन यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

यस्तै थारु समुदायमा माघी महोत्सवको रौनक छाएको छ । थारु समुदायले आजको दिनलाई नयाँ बर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् । आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गएको छ । आज बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने थारु समुदायको परम्परा छ ।

यसैबीच माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले मकर संक्रान्ति तथा थारु, छन्त्याल र मगर समुदायको महान् पर्व माघीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वाथ्य, भाइचारा एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन । अखिल क्रान्तिकारीका निवर्तमान अध्यक्ष समेत रहेका न्यौपानेले सोमबार एक प्रेस वक्तब्य जारी गरी माघे संक्रान्ती तथा माघि पर्वको सबैमा शुभकामना प्रदान गरेका हुन ।

न्यौपानेले वक्तब्यमा भनेका छन, “आज मुलुकमा एतिहासिक राजनीतिक परिवर्तन पछि संघीयता, समाबेसिता, धर्मनिरपेक्षता लागू भइ सकेको छ, अब प्राप्त उपलब्धिहरुको रक्षा र बिकास गर्दै आर्थिक समृद्धि र बिकासको बाटोमा तिब्रता पुर्बक लम्किन जरुरी छ ।” वक्तब्यमा अगाडी लेखिएको छ, “भर्खरै संघ तथा प्रदेशको निर्वाचन पनि सम्पन्न भएको छ, अब स्थिर प्रकृतिको बलियो सरकार निर्माण गरि राष्ट्रको बिकास र समृद्धि तिब्रता पुर्बक अगाडि बढाउन आवश्यक छ ।”


ताजा समाचार