Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

कलजेमै माघि बनाइ रमाए कृषि तथा पसुबिज्ञान कलेजका बिद्यार्थि


इन्द्रसरा खड्का
माघ १, बैतडी । परम्परागत तरीकाले आजभोलि चाडबाड नहुने गरेको बताउदै आज NYCA ले मागिपर्व बिशेष तरीकाले मनाएको छ ।

बैतडीको गोकुलेश्वरमा रहेको कृषि तथा पशुबिज्ञान कलजेमा परम्परागत तरीकाले बिद्यार्थिहरुले बिद्यालयमै माघि मनाएका हुन् । नेपालका बिभीन्न जिल्लाबाट अध्यान गर्न बैतडीको गोकुलेश्वरमा रहेको कृषि तथा पसुबिज्ञान कलजेमा अध्यानरत बिद्यार्थिले बिद्यालयमै रमाइलो गरी माघिपर्व मनाएका छन् । चिसो महिनामा चिसो बाट बच्नको लागि माघेसक्रान्तिमा आगो ताप्ने चलन अनुसार कलेजमै मुढा बालेर माघि बनाएको NYCA का अध्यक्ष प्रकास खड्काले बताउनुभयो ।

जलबायु परिर्वतनका लागि नेपालियुवाहरु NYCA को आयोजनामा बिद्यार्थि र शिक्षक जम्मा भइ बिषेश कार्यक्रम गरीएको हो । यस्तै कलेजका सबै बिद्यार्थिले कलेज वरफर सरसफाइ समेत गरेको छ । यो पर्वमा घरमा रंगरोगन गर्ने सरसफाइ गर्ने भएकाले कलेजमा परि सरसफाइ गरेको खड्काले बताउनुभयो ।


ताजा समाचार