Loading... आजः मङ्लबार, अशोज ५, २०७८

बन्ने भयो चलचित्र ‘पण्डित बाजेको लौरी’

काठमाडौं । ‘पन्डित बाजेको लौरी’ नामक चलचित्र निर्माण हुने भएको छ । अधृत फिल्मस् प्रालीको व्यानरमा निर्माण हुने यो चलचित्र आइतबार राजधानीमा आयोजित एक समारोहमा घोषणा गरियो ।

भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहने चलचित्र दीपक ओलीले निर्देशन गर्न लागेका हुन् । चलचित्र थमनकुमार भण्डारी ९राज० र किशोर खड्काले मिलेर बनाउने छन् ।

एउटा सानो गाँउ भित्र पन्डित्याईको भिन्न भिन्न काम गर्ने पन्डितहरुको विषयमा बन्न लागेको चलचित्रले समाजका गहकिला समस्या र घटनालाई समेट्ने कार्यक्रममा निर्देशक वलीले जानकारी दिए ।

मित्र टि गुरुङको सम्पादन, विक्रम स्वाँरर दीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल अमित श्रेष्ठको संगीत रहनेछ ।


ताजा समाचार