Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

जिल्ला अस्पताल बैतडीका नर्स आन्दोलित

इन्द्रसरा खड्का
बैतडी, ३० पुष । जिल्ला अस्पताल बैतडीका नर्सिङ स्टाफहरु संघर्ष समिती बनाएर बिरोध गरीरहेका छन् ।

नेपाल नर्सिङ संघको केन्द्रिय कार्यक्रम अनुसार विरोध जनाउँदै हातमा कालोपट्टी बाँधेर काम सुरु गरेका स्टाफनर्सले दिनमा १ घण्टा काम रोकेका छन् । सोहि अनुसार आज प्रमुख जिल्ला अधिकारी मार्फत मन्त्रालयमा ज्ञापनपत्र बुझाइएको जिल्ला अस्पताल बैतडीका स्टाफ नर्स जमुना प्रटेलले जानकारी दिनुभयो ।

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कार्यरत स्टाफ नर्स त्रजिना जतिमाथि भएको अन्यायको विरोधमा नर्सिङ सघले पुष २७ गते देखि आन्दोलनका कार्यक्रम शुरु गरेको छ ।

नेपाल नर्सिङ संघको केन्द्रिय कार्यक्रम अनुसार विरोध जनाउँदै सेवा दिईरहेको जिल्ला अस्पताल बैतडीका स्टाफ नर्सहरुले संघर्ष समिती गठन गरेका छन् । जिल्ला अस्पतालका स्टाफनर्स जमुना प्रटेलको अध्यक्षतामा १३ सदस्य संभर्ष समिती गठन गरेको छ । जसमा उपाध्यक्ष ममता जोशि, सचिब रेनु पाठक, कोषअध्यक्ष निर्मला चन्द लगायत रहनुभएको छ ।

नर्सिङ संघको केन्द्य्रिय समितिको संर्घषका कार्यक्रम अन्तर्गत माघ १ देृखि ३ गते सम्म ३ घण्टा ड्युटी नगर्ने, माघ ४ गतेदेखि ६ गतेसम्म बिहान ४ बजेदेखि ८ बजेसम्म ड्युटी नगर्ने जनाइएको छ । सोही कार्यक्रम अनुसार जिल्लामा पनि संघर्षका कार्यक्रम गरिने स्टाफ नर्स प्रटेलले जानकारी दिनुभयो ।


ताजा समाचार