Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

भाइरल प्रकोपबाट थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो


जाजरकोट, ३० पुस  । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा फैलिएको भाइरल प्रकोपले शनिवार थप एक जनाको मृत्यु भएको छ ।

जुनिचाँदे गाउँपालिका वडा नम्बर ११ की ५५ बर्षिय धनसरा बस्नेतको शनिवार बेलुका मृत्यु भएको हो । यो संगै जाजरकोटको जुनिचाँदेमा भाइरल प्रकोपबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । गएराति उपस्वास्थ्य चौकी कोर्ताङको टोलीले घरमै उपचार गरी फर्किएको केहीवेरमा बस्नेतको मृत्यु भएको जुनिचाँदे गाउँपालिकाकी उपाध्यक्ष शिवा आर्चायले जानकारी दिइन् । मृतक बस्नेतलाई उच्च ज्वोरो, रुघाखोकी र स्वासप्रस्वासको समस्या देखिएको उपचारमा संलग्न डा. भुपेन्द्र प्रकाश मल्लले जानकारी दिए । मृतक बस्नेतकै घरमा उनका श्रीमान सहित तिन जना बिरामी परेका छन् ।

तिन हप्ता देखि फैलिएको प्रकोपबाट अहिले सम्म पाँच बर्ष मुनिका सात बालबालिका र ५० बर्ष माथिका सात जनाको मृत्यु भएको जनस्वास्थ्य प्रमुख राम बहादुर नेपालीले जनाएका छन् ।

सुरुमा जुनीचाँदे २ मजकोटबाट भाइरलको प्रकोप देखिएको थियो । प्रकोपबाट बिशेषगरी १, २ र ३ नम्बर वडा प्रभावित वनेका छन् । कुपोषित बालबालिकाका, वृद्धवृद्धा र कमजोर आर्थिक अवस्थाका बढी प्रभावित भएको जनस्वास्थ्य प्रमुख नेपालीले बताए । शनिवार देखि विरामीहरुको साँख्या घट्दै गइरहेको र प्रकोप प्रभावित क्षेत्रका स्थिति सामान्य वन्दै गइरहेको जनस्वास्थ्य उनको भनाई छ । स्वास्थ्य कर्मिहरुको टोली र औषधि सहित शनिवारनै र्पुव गृहमन्त्री शक्ति बहादुर बस्नेत, प्रदेश सांसद करविर शाही स्वास्थ्य सचिव पुस्पा चौधरी लगायको टोलीले प्रकोक प्रभावित क्षेत्र जुनिचाँदेमा त्यहाँको अवस्था निरिक्षण गरि फर्किएको छ । जुनिचाँदेमा फैलिएको प्रकोप राष्ट्रि जनस्वास्थ्य प्रयोगसाला काठमाडौँमा विरामीहरुको खकार लगाएका नमुनाबाट एचथ्रि एनटु (H3N2) भएको पुष्टि भइसकेको छ ।


ताजा समाचार