Loading... आजः बुधबार, कार्तिक ५, २०७७

कृषिबिज्ञान सम्बन्धी जानकारी दिन कार्यक्रम

बैतडी । टिम नेपोले बैतडीको कृषि बिज्ञानसम्बन्धी जानकारी दिन बिभीन्न सचेतना मुलक कार्यक्रम गरीरहेको छ ।

सोहि अन्तरगत बैतडीको गोकुलेश्वरमा रहेको कृषि तथा पशु विज्ञानकलेजमा कृषि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । टिम नेपोको आयोजनामा भएको हाजिरी जवाफ प्रतियोगितामा अस्मि पोख्रेल, बालकृष्ण पोखरेल र प्रदीप पन्त प्रथम, सुशान्त चौधरी, लक्ष्मी भण्डारी र अर्पण क्षेत्री द्धितिय भएका छन् भने रक्षा भण्डारी, मनिषा लामिछाने, दिनेश आचार्य तृतीय भएका छन् ।

टीम नेपोका अध्यक्ष रेनुका कार्कीको अध्यक्षतमा सम्पन्न भएको प्रतियोगितामा प्रमुख अतिथी क्याम्पस प्रमुख परमानन्द जोसी रहनु भएको थियो । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय भएकालाइ पुरुष्कार बितरण गरेको टिम नेपोका अध्यक्ष रेनुका कार्किले जानकारी दिनुभयो ।


ताजा समाचार