Loading... आजः शनिबार, अशोज २, २०७८

महिला समुहलाइ सोलार बितरण


रेशम बहादुर खडका
जाजरकोट, ३० पुस ।
जाजरकोटको शिवालय गाउँपालिका वडा न १ मोर्कमा बिपन्न परिवारका महिला समुहलाइ शनिबार सोलार बितरण गरिएको छ ।

जर्मनि सरकारको आर्थिक सहयोग तथा ग्रामिण समाज नेपाल जाजरकोटको सहजिकरणमा १० वटा समुहलाइ २० वाटका ३३ वटा सोलार सेट बितरण गरिएको ग्रामिण समाज नेपाल जाजरकोटका फिल्ड प्राबिधिक मान बहादुर चलाउनेले बताए । बिपन्न परिवारबाट छनोट गरिएका महिला समुहलाइ गत साल सुधारिएको चुलो निर्माण गरिएको र साबितको सालमा गाबिसभरि रहेका १० वटा समुहबाट छनोट गरि कार्यक्रमको ७० प्रतिशत र ३० प्रतिशत समुहको लगानिमा ३३ वटा सोलार सेट बितरण गरिएको थियो ।

साल्मा गाबिसमा सरसफाइ, कृषि , शिक्षा, वन, जलबायुको क्षेत्रमा रहेर उक्त कार्यक्रमले धेरै कार्यक्रम सञ्चालन गरेको प्राबिधि चलाउनेले बताए । उता वडा न १ का वडा अध्यक्ष मान बहादुर पुनले जिल्लाको शिवालय गाउपालिकामा ग्रामिण समाज मार्फत सञ्चालन भएका कार्यक्रम्मा गाउँपालिकाको बिशेष सभाम प्रस्ताव लिइ समुदाय बाट गर्नुुर्ने लगानि गाउँपालिका मार्फत गर्ने प्रतिबधता ब्यक्त गरे ।

जाजरकोट मात्र नभइ देशभरि महिला पछाडि परेकोले घरको धेरै जिम्मेवारि महिलाको काधमा हुने भएकोले आगामि वडा र गाउँपालिका मार्फत हुने बिकास निर्माणका काममा महिलालाइ नेत्रित्व दिने समेत जनाए शनिबार शिवालय गाउपालिकाको वडा न १ मा औपचारिक कार्यक्रमको आयोजना गरि सोलार बितरण गरिएको थियो ।


ताजा समाचार