Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्य सचिव र साँसदको अनुगमन

जाजरकोट, २९ पुस । तीन साता देखि भाइरल ज्वरो देखिएको जिल्लाको जुनीचाँदे गाउँपालिकामा औषधी र डाक्टर सहित स्वास्थ्य मन्त्रालयका सचिव र जाजरकोटका साँसदहरुको टोली पुगेको छ ।

दुइ हजार वढी सर्वसाधारण विरामी हुने गरि फैलिएको भाइरल ज्वरोको प्रभाविवारे वुज्न स्वास्थ्य सचिव पुष्पा चौधरी,प्रतिनिधि सभाका सदस्यशक्तिवहादुर वस्नेत, प्रदेश सभा सदस्य करवीर शाही र अन्य अधिकारीहरु नेपाली सेनाको हेलिकोप्टरवाट शनिवार भाइरल प्रभावित क्षेत्र जुनीचाँदे वडा नम्वर २ मजकोटमा पुगेका हुन् ।

औषधी र डाक्टर सहित प्रभावित क्षेत्रमा पुगेका उनीहरुले भाइरलको प्रकोप सामान्य वनिसकेको प्रतिक्रिया दिएका छन् । शनिवार सम्म जुनीचाँदेको मजकोट, मौगान, स्याला, देशीपाटा, लगाएतका दर्जनवढी गाउँमा फैलिएको भाइरल ज्वरोले १३ जनाको ज्यान गएको स्वास्थ्यकर्मीहरुले वताएका छन् । मृत्यु हुनेहरुमा ७ जना वालवालिका र अन्य ५ जना वढी उमेरका रहेको वताइएको छ । मृत्यु भएका सवै भाइरल ज्वरोको प्रकोपले नमरेको भएपनि उनीहरु अत्यधिक चिसोका कारण रुघाखोकी र ज्वरोको असरले मृत्यु भएको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

औषधी सहित प्रभाबित क्षेत्र पुगेका शक्ति बस्नेत र करविर शाहिलाई पश्चिमका जनताले धन्यवाद दिदै खुसी ब्यक्त गरेका छन ।


ताजा समाचार