Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

भाइरल प्रभावित क्षेत्रमा पुगेको सरकारी टोलिको यस्तो निस्कर्ष, स्थिती सामान्य बन्दै

जाजरकोट, २९ पुस । जाजरकोटको भाइरल प्रभाबित क्षेत्रमा पुगेको सरकारी टोलीले जाजरकोटबासीसंग रोग प्रतिरोधि क्षामताको अभाब भएको निष्कर्ष निकालेको छ । प्रकोप प्रभाबित क्षेत्र पुगेको सरकारी टोलीले जिल्लाबासीसंग सामन्य रोगसंग लड्ने प्रतिरोधि क्षामता नरहेको निष्कर्ष निकालेको हो ।

पौष १२ गतेदेखि पश्चिमी क्षेत्रको जुनिचाँदे गाउँपालिकामा भाइरल ज्वरो र रुघाखोकिको प्रकोप फैलिएको हो । प्रकोपबाट ७ बालबालिका र अन्य ६ जनाको मृत्यु भएको छ । २ जनाको उपचारको क्रममा मृत्यु भए पनि ११ जनाको उपचारको अभाबमा मृत्यु भएको स्थानीय पत्रकार रेशम खड्काले बताए । प्रकोप प्रभाबित जुनीचाँदे २ का १० दिने बालक सोही ठाउँका ७ दिने २५ दिने २ बालक र १ महिनाको एक बालकको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै १ महिनाका एक बालकको उपचारको क्रममा मृत्यु भएको प्रकोप प्रभाबित स्थलमा खटिएका जिल्ला स्वास्थ्य कार्यालयका ल्याबटेक्निसिएन कृष्णबहादुर खत्रीले बताए । त्यस्तै सोही ठाउँका ६ जनाको बृद्धबृद्धाको पनि मृत्यु भएको हो ।

प्रभाबित क्षेत्रमा पुगेको स्वास्थ्य सचिब पुष्पा चौधरी सहितको सरकारी टोलीले भने जाजरकोटबासीसंग रोग प्रतिरोधि क्षमताको अभाब रहेको निष्कर्ष निकालेको छ । बेला बेला जाजरकोटमा बिभिन्न खालका प्रकोप देखा पर्छन यी सबै हेर्दा जिल्लाबासीसंग रोग प्रतिरोधि क्षामताको कमी देखिन्छ स्वास्थ्य सेवा बिभागका महा निर्देशक राजेन्द्र पन्तले भने । यस पटक जुनीचाँदेमा देखा परेको भाईरल जाडोमा देखा पर्ने सामन्य भाइरल इन्फ्लुन्जा हो तर बिभिन्न कारणले १३ जनाको ज्यान गयो सबै कारण खोज्दा रोग प्रतिरोधि क्षामता कमजोर छ प्रकोप प्रभाबितका स्थानीय संग महा निर्देशक पन्तले थपे ।

सामान्य मौषमि रुघाखोकि भए पनि दीर्घ रोगी प्रतिरोधि क्षामता कमजोर भएकालाई असर गरेको इपिडिमिलोजी रोग नियन्त्रण महाशाखाका महा निर्देशक डा. भीम आचार्यले बताए । ५ जना बिरामीको खकार परिक्षण गरेकोमा १ जनामा H3 A1 भाईरल ईन्फ्लुन्जा भेटिएको थियो । प्रभाबित क्षेत्रमा एक हजार बढिको उपचार गरिएको छ । प्रकोप प्रभाबित क्षेत्रमा सबै ब्यबस्था मिलाएर उपचारको प्रबन्ध गरिएकोले प्रकोप नियन्त्रणमा आएको स्वास्थ्य सचिब चौधरीले बताइन । स्थिति नियन्त्रण रहेको भन्दै सचिब चौधरीले प्रभाबित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिएको बताइन ।

भाइरल ज्वरोले थलिएकाहरुलाई उचित स्वास्थ्य उपचार र तातो वाताबरणको ब्यबस्था गर्न नसक्दा बिरामीको ज्यान गएको जुनीचाँदे गाउँपालिका ११ कोर्ताङ्गका नरबहादुर बस्नेतले बताए । बिपन्न परिवारमा बिरामी परेकाहरुको तातो कपाडाको ब्यबस्थापन र उपचारको अभाबको ज्यान गएको बस्नेतको भनाई छ । उक्त क्षेत्रमा भाइरलको प्रकोप सबै तिर फैलिए पनि गरिबीका कारण स्वास्थ्य उपचार र तातो बाताबरणको ब्यबस्था गर्न नसक्ने बिरामीले ज्यान नै गुमाउनु परेको स्वास्थ्यकर्मीको भनाइ छ । प्रकोप नियन्त्रणको लागि गत शनिबारदेखि प्रभाबित क्षेत्रमा स्वास्थ्य शिबिर संचालन गरिएको छ । शिबिरमा एकसातासम्म १ हजार ७ सय बढि बिरामीको उपचार गरिएको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले राजधानीलाई बताए । शिबिर संगै केही स्वास्थ्यकर्मी बिरामीको घर घरमा पुगेर औषधि उपचारको ब्यबस्था गरिएको छ जिल्ला स्वास्थ्य प्रमुख नेपालीने भने ।

सदरमुकामबाट  दुइ दिनको पैदल दुरीमा रहेको जुनीचाँदेमा गरिबी र भरपर्दो स्वास्थ्य सुबिधाको अभाबमा भाइरले प्रकोपको रुप लिएको नागरिक समाजका अगुवा केशब जंग शाहले बताए । सामन्य रोगले बेला बेला प्रकोपको रुप लिने जाजरकोटमा यस पटकको भाइरलले समेत त्रसित बनाएको छ । प्रकोप प्रभाबित क्षेत्रमा स्वास्थ्य सचिब सहितको टोली लिएर प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत र प्रदेशसभा सदस्य करबीर शाही शनिबार पुगेका हुन भाइरल ज्वरो फैलिएको जानकारी पाउन साथ सम्बन्धित निकायमा उपचार र रोकथामको ब्यबस्था गर्न पहल गरेर प्रकोप प्रभाबित क्षेत्रमा पुगेको प्रतिनिधि सभा सदस्य बस्नेतले बताए ।

औषधी सहित प्रभाबित क्षेत्र पुगेका शक्ति बस्नेत र करविर शाहिलाई पश्चिमका जनताले धन्यवाद दिदै खुसी ब्यक्त गरेका छन ।


ताजा समाचार