Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

युवा संघका अध्यक्ष शाहीले अन्यायमा परेका लालपुर्जा धनीलाई दिलाए न्याय

बुटवल । व्यत्तिगत जग्गामा सुकुम्वासी बस्ती बसेपछि बल्झीएको बुटवलको समस्या समाधान भएको छ । जन प्रतिनिधिहरुको पहलमा बस्ती हटाई लालपुर्जा जसको जग्गा उसैको बनाइएको छ । यो खवर बुटवल ११ को स्री मजुवाको पश्चिम् तिर बगरको हो ।

लालपुर्जा भएको जग्गामासुकुम्बासी बस्तीमा बसे पछि त्यहाँको स्थिती निकै तानव भएको थियो । सोहि समस्या समाधान गर्नको लागी जनप्रतिनिधिहरु वडा अध्यक्ष राम चन्द्र क्षेत्रि , वडा सदस्य सुस्मा अर्याल र नकुल शाहीले नबस्न अग्रह गर्दा पनि उनीहरु मानेका थिएनन् ।

लालपुर्जा धनीले आफ्नु जग्गा पाउनु पर्न भन्दै सुकुम्बासी बस्ती हटाउन अनुरोध गर्दा पनि नमाने पछि लालपुर्जा धनी र सुकुम्बासी बिच झडप समेत भएको थियो । सो झडपको क्रममा प्रहरीले ३६ जनालाई हिराशतमा लिएको थियो । अहिले कुरा मिले पछि सबै रिहा भएका छन ।

तेस्तै जनप्रतिनिधि नकुल शाहीको पहलमा लालपुर्जा धनी र सुकुम्बासी बस्ती बिच बस्ती हटाउने देखि लिएर विभिन्न साम्झौता भएर रिहा गरिएको थियो । सार्थ आगामी दिनमा यसरी अरुको जग्गामा नबस्न सुकुम्बासीहरुलाइ ध्यानाकर्षण गराएका थिए। साथै सुकुम्वासीहरुले अब देखि यस्तो कार्य न गर्न सुकुम्बासी बस्तीले जनाएको छन ।

तेस्तै बुटवल नगरपरिषदले सुकुम्बासी बस्तीलाई चाडैंनै व्यवस्थीत जनाएको छ । साथै बुटवलमा रहेका कुनै पनि सार्बजनिक ठाँउ बस्ती बसाउन न पाइने बताइएको छ । तेस्तै नकुल शाहीले पनि चाडैं नै व्यवस्थित गरेर यो समस्यको हल गर्नु पर्न बताउनु भयो ।


ताजा समाचार