Loading... आजः शनिबार, मंसिर ११, २०७८

दृष्टिविहिन क्रिकेटरले बस भाडा छैन भन्दा मन रोयो

महेन्द्र गुरुंग
‘नेत्रहिन विश्वकप’ खेल्न नेपाली टिम दोस्रो चरणका लागि युएई आइपुग्ने खबर पाउनासाथ उत्साहित भए । देश छोडेर विदेशमा पसिना बगाइरहेको मलाई देशको झन्डा र नाम बोकेर आउने नेपाली टिमलाई स्वागत गर्न म आतुर थिए । म नेपाली क्रिकेट समर्थक समाजको आधिकारिक सदस्य भएका कारण पनि मेरो आधिकारिक उपस्थितिको लागि काठमाडौ स्थित संस्थाको केन्द्रिय समितिले सहजिकरण गरिदियो ।

मेरो आफ्नो इच्छा तबसम्म मेटिएन जबसम्म मैले टिमलाई भेटिन । म भित्र उकुसमुकुस भइसकेको थिए । नेपाली भुमि भए त ‘ए, आज मेरो साटो गर्दे है ‘ भनेर कुद्न हुन्थ्यो तर बिदेशी नदिमा रुमलिएको माछो मलाई कम्पनिले हरियो बत्ति नबालीन्जेल पर्खन पर्यो । समय कसैको नियन्त्रमा हुदैन । त्यसैले त समय बित्यो अनि ४ बज्यो् र म भित्रको अतृप्त चाहनालाई मेटाउन म हस्यांगफस्यांग गर्दै हतार हतार गरेर टिम बसेको होटल रमादा तर्फ लागे । टीम म्यानेजर निरोज गिरिसँग मैले भेटको समय लिइसकेको थिए । तर म होटल पुग्दा होटलमा टीम थिएन । टीम म्यानेजरले सिम नलिनु भएकोले सम्पर्क हुन सकेन । मैले रिसेप्सनमा सोधे(गर्व गर्दै),’नेपाली टिम कहाँ छ ? ‘अनि थाहा पाए, टिम भारत र पाकिस्तानबिचको खेल महसुस गर्नका लागि स्टाडियम गएका रहेछन् । छेवैमा ‘नेपाल’ लेखिएको ब्यानेर नि देखे जसमा ब्लाइन्ड क्रिकेट वर्ड कप लेखिएको थियो, भाषा अंग्रेजी थियो । छाती फुलाउँदै लामो सास फेरे ।

टिम केहिबेर पछि होटल आइपुग्यो खुशी हुदै भेट गरे । नेत्रहिन क्रिकेट संघका पदाधिकारी र टिमसँग भलाकुसारी भयो । नेत्रहिन विश्वकप खेल्न आउँदाको कष्टकर यात्रा बारे म जानकार थिए । संस्थाले नेपालमा “स्वाभिमानको अभियान-गए रेलमा,फर्काउने प्लेनमा” भन्ने नारा दिएर सहयोग अभियान जारी गरिरहेको थियो र छ । दुख सुनाउँदा झन् दुख बल्झिन्छ सोचेर मैले यात्रा बारे धेरै कुरा गरिन तर संस्थाले अभियान चलाइरहेको जानकारी दिए । उहाँहरु सबै यसबारे पुर्ण जानकार हुनुहुदो रहेछ । उहाँहरुको अनुसारमा मुस्कान छायो । त्यसलगत्तै गुम्सिएका अनेकन् तरंगहरुले कम्पन दिन लाग्यो । आशा भर्न गएको मैले उहाँहरु भित्रको कष्ट बुझ्ने प्रयास गरे, केहि खेलाडीले काठमाडौ पुगेपछि त्यहाँबाट घर पुग्न बसको भाडा समेत नभएको कुरा राख्दा मन भारी भएर आयो,मन रोयो । केहि खेलाडीले रिन गरेर पासपोर्ट बनाएका रहेछन् । दुख कष्ट सुनाउँदा पनि कसैले उचित सहयोग नरहेको उनिहरुको गुनासो छ । राज्यका निकायबाट एकदमै न्युन सहयोग भएको कुरा बुझे । उनिहरु खेल भत्ताबाट पनि बन्चित रहेको कुरा थाहा पाउँदा म आकाशबाट खसेजस्तै भए । देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने उहाँहरुको जोश र हौसला देखेर म निकै भावुक बने, म भित्रभित्रै रोइरहेको थिए ।  ्संस्थाले अभियान चलाएको छ, हामी तपाईहरुका निम्ति पनि हौ भनेर विदा लिने क्रममा उहाँहरु सबैले अभियान सन्चालनका निम्ति धन्यवाद दिनुभयो । अनि एक ग्रुप फोटो लिउन है भन्दै सबैसँग ग्रुप फोटोमा आफुलाई कैद गरे फर्किने क्रम अन्तर्गत बाटोमा फोटो हेरेर झन् खुशी भए,खेलाडीहरुले मुस्कुराउने कोसिस गरेका रहेछन् ।

आफ्नो रुममा आएपछि अनेकौ प्रश्नहरु खेल्न थाले । जनताको स्वाभिमान बोक्ने,सिंगो देशको प्रतिनिधित्व गर्ने राष्ट्रिय टिमलाई सरकार र सम्बन्धित निकायले किन हेला गरेको होला ? किन उनिहरु यो संवेदनशीलता बुझ्दैनन्रुहाम्रो पिडि र भावी पुस्ताले के आशा राख्ने सरकारसँगरु हाम्रो कर के का लागिरुजाबो १४ लाखमा किन स्वाभिमान झुक्न दिएको सरकारलेरु त्यहि अस्ट्रेलियन टिम, भारतिय टिमको लवज,हिडाई व्यवस्थापन हेरेर यता नेपाली टिम तिर हेर्दा लाग्यो,सबै कुरा आएको नेता र कर्मचारी पाल्न मात्रै रहेछ ।

(लेखक नेपाली क्रिकेट समर्थक समाजका संस्थापक सदस्य हुन् ।)

criclala.com


ताजा समाचार