Loading... आजः बुधबार, कार्तिक ५, २०७७

नेपालगञ्ज उद्योग वाणिज्य संघको टोली र प्रधानमन्त्री देउवाबिच भेटघाट

बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको टोलिले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ ।

प्रादेशिक महोत्सव संचालनको तयारीमा रहेको संघले भेटका क्रममा प्रधानमन्त्रीलाई महोत्सवको बारेमा जानकारी गराएको हो । संघका अध्यक्ष नन्दलाल वैश्य नेतृत्वको टोलीले प्रधानमन्त्रीको कार्यालय मै पुगेर महोत्सवका बारेमा जानकारी गराएको र विशेष आमन्त्रणकालागी प्रधानमन्त्रीलाई आग्रह गरेको अध्यक्ष वैश्यले जानकारी दिए । वैश्यका अनुसार भेटका क्रममा प्रधानमन्त्री देउवाले महोत्व सफलताको शुभकामना दिएका थिए ।

साथै महोत्सव आयोजकको आमन्त्रणलाई समेत सकारात्मक रुपमा लिएका देउवाले प्रादेशिक संरचना पछि संचालन हुन गईरहेको महोत्सवले आफुलाई हर्षित बनाएको प्रतिकृया दिएका थिए । आगामि माघ ११ देखि २२ गते सम्म नेपालगञ्जमा संचालन हुने प्रादेशिक महोत्सवको तयारीका लागि राजधानी गएको संघको टोलीले उद्योगपति बिनोद चौधरीसँग समेत भेटघाट गरेको छ ।


ताजा समाचार