इटहरी प्रिमियर लिगमा नेपालगन्जले भैरहवालाई २२ रनले हरायो
इटहरी । इटहरी प्रिमियर लिगकाे अाफ्नाे पहिलो खेलमा नेपालगन्ज र काठमाडौ विजयी भएका छन् ।
अाज भएको लिगकाे दाेस्राे खेलमा मध्य-पश्चिम क्रिकेट क्लब नेपालगन्जले भैरहवालाई २२ रनले हराएको हाे ।
टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालगन्जले निर्धारित २० अाेभरकाे खेलमा पुरै विकेट गुमाएर ८३ रन बनायाे जसका लागि विनायक गिरिले ३२, लभकुस यादवले १४ र नितेश विष्ट र सुमन गुरूङले ९-९ रनकाे याेगदान गरे ।भैरहवाका बलर तुल बहादुर थापा र विक्रम भुसालले समान २-२ विकेट लिए ।
८४ रनकाे लक्ष्य पक्ष्याएर मैदान उत्रिएको भैरहवाले १५ अाेभर १ बलमा सबै विकेट गुमाएर ६१ रन मात्रै बनाउन सक्याे ।
जसका लागि तुल बहादुर थापाले १३ रन बनाए ।
नेपालगन्ज लाई जिताउने क्रममा कसिलाे बलिङ गर्दै अजय सहानि, लभकुश यादव, भरत थापा र सुजित अाचार्यले समान २-२ विकेट लिए ।
खेलकाे म्यान अफ द म्याच लभकुश यादव घाेषित भए ।
प्रिमियर लिग अन्तरगत शुक्रबार भएकाे पहिलाे खेलमा काठमाडौं ले बिराटनगरलाई ७ रनले हराएको थियाे ।