Loading... आजः शनिबार, अशोज २, २०७८

भेरी नगरबाट वितरित च्याउको उत्पादन प्रभावकारी बन्दै


जाजरकोट । कृषकहरुलाई प्रोत्साहन गर्न भेरी नगरपालिकाले निसुल्क वितरण गरेको च्याउको उत्पादन सुरु भएको छ । कृषकहरुलाई कृषि क्षेत्रमा आकर्सित गरी आत्मनिर्भर बनाउन वितरित कन्या च्याउ कृषकहरुले उत्पादन गर्न थालेका छन् । नगरपालिकको कृषि उपशाखाले पहिलो र दोस्रो चरणमा वितरण गरेको च्याउँको नगरपालिकका बिभिन्न वडाका कृषकहरुले अहिले उत्पादन गरिरहेका छन् ।

नगरको वडा नम्बर १ को रिम्न, पिपे, मैदे कालेगाउँ, त्यस्तै वडा नम्बर २ लगायतका सवै वडाका कृषकहरुले च्याउ उत्पादन गरीरहेका छन् । यसपटक च्याउँ उत्पादन राम्रो हुने वडा नम्बर १ पिपेका इन्द्र रानाले बताइन । बजारमा च्याउको उच्च माग छ र मुल्य पनि राम्रो पाइने उनले बताइन । अन्य व्यवसाय भन्दा छिटो र सजिलो रुपमा उत्पादन हुने भएकोले यसबाट राम्रो आम्दानी गर्न सकिने अर्का कृषक कमल रानाले बताए । उक्त वडाका छुमा राना, मिस्री वि.क, धनमाया गहतराज लागायतका थुप्रै कृषकहरुले च्याउको व्यावसायीक उत्पादन गरेका छन् ।

उनिहरु एउटैले धेरै च्याउ उत्पादन गर्न थालेका छन् । वितरण गरिएको च्याउको उत्पादन कृषकहरुले राम्रो गरेको कृषि उपशाखाका उपप्रमुख प्राविधिक यज्ञ अधिकारीले जानकारी दिए । आफुले बिभिन्न कृषकहरुले उत्पादन गरेको च्याउको अवलोकान गर्दा कृषकहरु व्यावसायिक च्याउ उत्पादन गर्न सफल भएको प्रतिक्रिया दिए । कृषकहरुलाई सिजन अनुसारका बिभिन्न तरकारी तथा अन्नबालीका बिउ वितरण गरीरहेको प्राविधिक अधिकारीले जनाए ।

कृषि उत्पादनमा नगरपालिकाले बिशेष जोड दिदै यस क्षेत्रमा लागानीको उपयुक्त वातावरण वनाउन आफु लागी परेको नगर प्रमुख चन्द्रप्रकाश घर्तीको भनाई छ । उत्पादन मुखी व्यावसाय गर्ने कृषकहरुलाई नगरपालिकाले प्रोत्साहन गर्ने नगर प्रमुख घर्तीको भनाई छ ।

भेरी नगरपालीका १ पिपे, मैदे, रावतगाउँका कृषकले फलाएको च्याउ

भेरी नगरपालीका १ पिपे, मैदे, रावतगाउँका कृषकले फलाएको च्याउ
भेरी नगरपालीका १ पिपे, मैदे, रावतगाउँका कृषकले फलाएको च्याउ
भेरी नगरपालीका १ पिपे, मैदे, रावतगाउँका कृषकले फलाएको च्याउ

तस्विर : यज्ञ अधिकारी


ताजा समाचार