Loading... आजः शुक्रबार, कार्तिक १४, २०७७

काेहलपुरमा हुने भनिएको क्रिकेट प्रतियोगिता एक साता पछाडी सर्याे

काेहलपुर । कोहलपुरमा संचालन हुने भनिएको बुम रेमिट स्कुल स्तरीय क्रिकेट प्रतियोगिता एक साता पछाडी सारिएको छ । आगामी माघ २ गतेबाट सुरु हुने भनिएको प्रतियोगिता अत्याधिक चिसोका कारण एक साता पछाडी सारिएको हो ।

मौसममा सुधार आउन अझैं केही समय लाग्ने देखिएपछि प्रतियोगिताको मिति सारिएको प्रतियोगिता आयोजक मध्यपश्चिम क्रिकेट क्लबका अध्यक्ष दिपेन्द्र थापाले जानकारी दिए ।

बुम रेमिटसँगको सहकार्यमा मध्यपश्चिम क्रिकेट क्लबले प्रतियोगिता संचालनका लागि सम्पूर्ण तयारी पुरा गरिसकेको बताउँदै अध्यक्ष थापाले मौसमको प्रतिकुलताका कारण आगामी माघ ९ गतेबाट प्रतियोगिता संचालन गर्ने निर्णय गरिएको जानकारी दिए ।

जिल्लाभरका १६ टिमले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगिता कोहलपुरस्थित निर्माणाधिन अन्तराष्ट्रिय क्रिकेट मैदानमा संचालन गरिने प्रतियोगिता निर्देशक लेखबहादुर क्षेत्रीले जानकारी दिए ।


ताजा समाचार