Loading... आजः बिहिबार, मंसिर ११, २०७७
Trending

नियन्त्रण बाहिर जाँदै भाइरल प्रकोप, थप चार वडामा फैलियो (हेर्नुहोस भिडियो सहित)


पुस २७, जाजरकोट । दुई साता देखि जाजरकोटको जुनिचाँदेमा फेलिएको भाइरल प्रकोप नियन्त्रण बाहीर गइरहेको छ । सुरुमा तिन वटा वडामा फैलिएको भाइरल ज्वरो अन्य वडाहरुमा पनि फैलिएको छ । जुनीचाँदे २ मजकोटबाट सुरु भएको भाइरल प्रकोप १ र ३ वडामा देखिएको थियो । तर बुधवार देखी वडा नम्बर ४ को कोर्ताङ, वडा नं ५ गर्खाकोट, वडा नं १० र ११ सम्म फैलिएको छ । भाइरलको प्रकोपबाट अहिले सम्म १३ जनाले ज्यान गुमाई सकेका छन् । अहिलेसम्म ज्यान गुमाउनेमा पाँच वर्षमुनिका ७ बालबालिका र ५० वर्ष माथिका ६ जना छन् ।

पहिलेको तुलनामा दुई दिन यता बिरामीको संख्या बढ्दै गएको उपचारमा संलग्न डा. भुपेन्द्र प्रकाश मल्लले जानकारी दिनु भयो । विशेषगरी भाइरल प्रकोपबाट अति प्रभावित वडा नम्बर २ को मजकोट, अलिमौगनाका प्रत्यक घरमा बिरामीहरु देखिएका छन् ।

त्यस्तै १ को जुनी, चाँदे, काप्रा, बड्कुल्ले र कारीगाउँका प्रत्यक घरमा पनि बिरामीहरु परेका छन् । त्यस्तै वडाहरुमा पनि बिरामीको संख्या धेरै छ । अहिले एक गाउँबाट अर्को गाउँमा रोग फैलिँदै गएकाले नियन्त्रणबाहिर जान थालेको होकी भन्ने चिन्ता बढेको जनस्वस्थ्य प्रमुख राम बहादुर नेपालीले बताउनु भयो । भाइरल प्रकोप क्षेत्रमा तिन ठाउँमा शिविर संचालन गरेर स्वस्थ्यकर्मीको टोलीले उपचार गरीरहेको छ । वडा नम्बर १ को बड्कुले स्वास्थ्य चौकी, २ को भैरव मा.वी र ३ को डाँडाकोटमा शिविर संचालन गरेर उपचार गरिरहेको छ ।

 हेर्नुहोस यो भिडियो  

भौगोलीक बिकटताका कारण विरामीहरु शिविर सम्मा नआउने भएकाले दुई टालीले घरदैलो गरेर उपचार गरिरहेको छ । बिशेषगरी शिविर सम्मा आउन नसक्ने बृद्ध बृद्धाहरुलाई घरमै उपचार गरिरहेको हिरालाल आचार्यले बताउनु भयो ।
अहिले सम्मा २ हजार बढिको उपचार गरिएको डा. भुपेन्द्र मल्लले जानकारी दिनु भयो । आज दिउसो १ बजे सम्मा डाँडाकोट शिविरमा ६५ जनाको उपचार गरेको उहाँले बताउनु भयो ।

पछिल्ला दिनहरुमा धेरैजसो बालबालिका बिरामी परेका छन् । उपचारमा आएका धेरैजसो सामान्य खालका रुघाखोकी र ज्वरोका बिरामी छन । पाँच प्रतिसत जती कडा र सिकिस्त बिरामी रहेको डा. मल्लले जानकारी दिनु भयो । धेरै जसो बालबालिका बिरामी भएकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकी बालरोग विशेषज्ञ डा.नम्रता नेतृत्वको टोली बुधबार प्रभावित क्षेत्रतर्फ खटाइएको छ । सदरमुकाम बाट दुई दिन पदैल दुरीमा रहेको प्रभावित क्षेत्रमा बिभिन्न संघसंस्थाले पनि उपचारमा सघाएका छन् ।


ताजा समाचार