Loading... आजः शनिबार, कार्तिक ८, २०७७

पृथ्बी जयन्तीको अवसरमा असक्त तथा बृद्ध–बृद्धालाई कम्मल वितराण


रविन्द्र सिहं ठकुरी
बाँके, पौष २७ । ठकुरी पत्रकार समाज बाँकेले २९६ औँ जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवस नेपालगन्जमा पनि बिबिध कार्यक्रम गरी मनाइएको छ । पृथ्बी जयन्तीको अवसरमा ठकुरी पत्रकार समाज नेपालले नेपालगन्जको प्रसिद्ध धार्मिक स्थल बागेश्वरी मन्दिर परिसरमा रहेका ५० बढीलाई बृद्ध, असक्त र जेष्ठ नागरीलाई लत्ताकपडा बितरण गरिएको छ ।

एक औपचारीक कार्यक्रमका बिच बाँके क्षेत्र नं. २ ख प्रदेश सभा सदस्य सुरेन्द्र हमालको प्रमुख आतिथ्यमा ट्राउजर, टोपी र गलबन्दी एक÷एक थान बितरण गरिएको थियो । कार्यक्रममा स्थानिय तह र प्रतिनिधी र प्रदेश सभामा बिजगी ठकुरी जनप्रतिनिधीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. २ ख प्रदेश सभा उम्मेदवार हमालले ठकुरी पत्रकार समाजले यसरी अति बिपन्न र गरिब जनतालाई यसरी चिसोमा न्यानो कपडा बितरण कार्य एदमै सराहनीय भएको बतायनु भयो ।

भबिष्यमा पनि यस्ता समाजिक कार्यलाई निरन्तरता दिन पनि उहाँले जोड दिनु भएको थियो । यस्तै उहाँले पृथ्बी जयन्तिका अबसरमा पनि जसरी पृथ्बीनारायण शाहले नेपाल एकिकरण गरि नेपाललाई जसरी सिङ्गो नेपालको निर्माण गर्नु भएको थियो त्यसरीनै ठकुरी पत्रकारहरुले पनि समाजिक सद्भाब कायम गरि समाज रुपान्तरणमा ठुलो सहयोग गर्न सक्ने उहाले बताउनु भयो । कार्यक्रमको अध्यक्षता ठकुरी पत्रकार समाज नेपालका करुणा शाहले गर्नु भएको थियो । कार्यक्रममा बाँकेका पत्रकार,ब्यापारी र अधिवक्तहरुको उपस्थिती रहेको थियो ।


ताजा समाचार