Loading... आजः शनिबार, कार्तिक ८, २०७७

बनेपामा दोश्रो राष्ट्रिय एकायन कराते प्रतियोगिता संचालन हुने

काभ्रे । नेपाल एकायन कराते संघको आयोजनामा काभ्रेको बनेपामा दोश्रो राष्ट्रिय एकायन कराते प्रतियोगिता संचालन हुने भएको छ । माघ १२ र १३ मा बनेपाको पोलिटेक्निक मैदानमा आयोजना हुने उक्त प्रतियोगितामा सात प्रदेशबाट करिब १२० महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने बताएको छ । जसमा १० तौल समूह सामेल हुदैछन ।

प्रतियोगिताालाई सफल बनाउन नेपाल एकायन कराते संघका केन्द्रीय अध्यक्ष श्रीकृष्ण डंगोलको अध्यक्षतामा काभ्रे जिल्ला समितिका अध्यक्ष सुनील तामाङ्ग संयोजक रहेको ९ सदस्यीय प्रतियोगिता संचालन व्यवस्थापन समिती गठन गरिएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र सबैलाइ साथ दिनका लागि आग्रह समेत आयोजकले गरेको छ ।

बि स २०७२ मा स्थापित एकायन कराते संघले नुवाकोट , काभ्रे, मकवानपुर ,धादिंग, चितवन, बाँके, भक्तपुर, ललितपुर, पर्सा, कास्की, कैलाली, ओखल्धुङ्गा, सोलुखुम्बु, महत्तरी लगाएत जिल्लाहरुमा शाखा स्थापना गरि विभिन्न स्थानिय एबम राष्ट्रिय स्तरका खेल प्रतियोगिता आयोजना गर्दै आएको छ ।


ताजा समाचार