Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

एमाले र माओवादी केन्द्रको पार्टी एकता भाँड्ने प्रयास भएको खुलासा


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रको पार्टी एकता भाँड्ने प्रयास भएको खुलासा गर्नु भएको छ । स्वस्थ्य परिक्षण गर्न बैंकक उड्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो खुलासा गर्नु भएको हो ।

केहीले एमाले र माओवादीको पार्टी एकता भाड्ने प्रयास गरेका छन् तर त्यो प्रयास असफल हुन्छ उहाँले भन्नु भयो । चारैतिरबाट दुई पार्टीको एकतालाई भाँड्न बिभिन्न सड्यान्त्र भइरहेको देखि पनि पार्टी एकता अन्तिम चरणमा पुगेको अध्यक्ष ओलीले दावी गर्नु भयो ।

आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको बताउँदै चिकित्सकहरुको सल्लाह अनुसार स्वास्थ्य परिक्षण गर्न जान लागेको हुँ, उताबाट म फर्किएर आएपछि पार्टी एकताका आवश्यक काम अघि बढ्ने बताउनु भयो ।


ताजा समाचार