Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

सर्वोच्वमा भित्र बहस, बाहीर डा.केसीको समर्थनमा पदर्शन


काठमाडौँ । डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको बिषयमा सर्वोच्वमा बहस भइरहदा अदालत बाहीर प्रदर्शन भइरहेको छ । डा.केसीको समर्थनमा सर्वोच्च अदालत बाहिर उनका समर्थकले प्रर्दशन गरेका हुन् । भित्र बहस भइरहेको छ भने बाहिर माइतिघर मण्डलामा केसीको रिहाईको माग गर्दै व्यापक प्रर्दशन भइरहेको छ ।

डा. केसीका समर्थकले उनलाई तत्काल विना शर्त रिहाई गर्नुपर्ने माग गरेका गरेर नारावाजी गरीरहेका छन् । मंगलबार विहान पनि उनको समर्थनमा माइतिघर मण्डलामा गरिएको प्रर्दशनलाई विभिन्न राजनीतिक दलका नेता तथा समर्थकले ठुलो सहभागीता जनाएका थिए ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भइरहेको छ । डा. केसी आफैंले पनि इजलासमा उपस्थित भएर आफ्नो धारणा राखेका छन् ।


ताजा समाचार