राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागी मध्यपश्चिम क्षेत्रको टिम घोषणा
कोहलपुर । यहि पौष २८ गतेबाट ईटहरीमा संचालन हुन गईरहेको १९ वर्ष मुनीको राष्ट्रिय क्रिकेट प्रतियोगिताकालागी मध्यपश्चिम क्षेत्रको टिम घोषणा गरीएको छ ।
ईटहरी क्रिकेट एकेडेमीको आयोजनामा संचालन हुन गईरहेको प्रतियोगितामा मध्यपश्चिम क्रिकेट क्लबले मध्यपश्चिम क्षेत्रको नेतृत्व गर्दै प्रतियोगितामा सहभागीताका लागी टिम घोषणा गरेको हो ।
समग्र मध्यपश्चिम क्षेत्रका लागि नितेष विष्टको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरीएको हो । टिममा विकेट किपर सुमन गुरुङ सहित अजय साहनी, बिनायक गिरि, लभकुश यादव, सौगात रानाभाट, दिपेन्द्र रावत, सुजित आचार्य, भरत थापा, बिजय चौधरी, रोहन के.सी., सुनिस भण्डारी, यश हमाल र गौतम कनौजिया रहेका छन भने दिलिप सुनार, रबिन सापकोटा र समिर राना मगरलाई अतिरिक्त खेलाडीको रुपमा छनोट गरिएको छ ।
प्रतियोगिता अन्तर्गत मध्यपश्चिमको टोलीले २८ गते भौरहवा र २९ गते आयोजक ईटहरी क्रिकेट एकेडेमीसँग प्रतिस्प्रर्धा गर्ने बताईएको छ । प्रतियोगितामा देशभरबाट सहभागी ६ वटा टिमले प्रतिस्प्रर्धा गर्ने आयोजक ईटहरी क्रिकेट एकेडेमीले जनाएको छ ।