Loading... आजः बुधबार, कार्तिक १२, २०७७

नेत्रहीन विश्वकप क्रिकेटमा पाकिस्तानसँग नेपाल पराजित

काठमाण्डौ । नेत्रहीन एकदिवसीय बिश्वकप प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसंग नेपाल ९ विकेटले पराजित भएको छ ।

पाकिस्तानको गुज्रनवाला स्थित जिन्नाह स्टेडियममा पहिले टस जितेर ब्याटिंग गरेको नेपालले निर्धारित ४० ओभरको खेलमा ५ विकेट गुमाएर २५८ रन बनाएको थियो । जसका लागि रमेश बहादुरले सर्बाधिक ५९ रन, पदम बडेलले ५० रन तथा बद्रि चौलागाईंले ४७ रनको योगदान दिएका थिए । यस्तै खिमानन्द गैरेले अविजित ३० रन योगदान दिए ।

लक्ष पछ्याउने क्रममा पाकिस्तान ओपनर बदर मुनिरले १२६ रनको बिशाल इनिंग खेल्दै सहज जितमा महत्वपूर्ण योगदान दिए । मात्र ५७ बल खेलेका उनले २६ चौका प्रहार गरेपछि रिटायर्ड आउट भएका थिए । उनले अर्का ओपनर मोहसिन खानसंग पहिलो विकेटको लागि १७७ रनको बिशाल साझेदारी गरे । मोहसिन ७४ रनमा तथा अमिर अश्फाक ४६ रनमा अविजित रहँदै टिमलाई जितसम्म पुर्याए ।

नेपालले दोश्रो खेलमा १० जनवरीमा बंगलादेशसंग इकबाल स्टेडियममा खेल्नेछ । तेश्रो खेल श्रीलंकासंग १३ जनवरीमा युएईको अज्मान ओभल मैदानमा, चौथो खेल १४ जनवरीमा भारतसंग इडन गार्डेन मैदान युएईमा तथा लिगको पाँचौ अन्तिम खेलमा अस्ट्रेलियासंग एमसीसी मैदान युएईमा १५ जनवरीमा खेल्नेछ ।

सहभागी ६ टिमबाट लिग अंक तालिकाको शिर्ष ४ भित्रमा रहने टिमले सेमीफाइनलको यात्रा गर्नेछ ।


ताजा समाचार