Loading... आजः सोमवार, कार्तिक ८, २०७८

डा. गोबिन्द केसी पक्राउबारे एमाले, काङ्ग्रेस र माओवादीको धारणा के छ ?

पुस २५, काठमाडौ । डा. गोविन्द केसीको पक्राउको विषयले लिएर मुलुक तरंगित भइरहँदा प्रमुख राजनीतिक दलहरु भने मौन देखिएका छन् ।
सबैभन्दा ठूलो दल नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले मौनता साँधिरहेका छन् । एमालेले औपचारिक रुपमा केही नबोले पनि केही नेताहरुले भने विरोध जनाइरहेका छन् ।
यसैगरी, काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्रीले शेरबहादुर देउवा आफूलाई थाहा नदिई प्रहरीले पक्राउ गरेको भन्दै पन्छिएका हुन् । जबकी उनले गृहमन्त्रालयको जिम्मेवारी समेत आफै सम्हालिरहेका छन् । तर, प्रधानमन्त्रीले लज्जास्पद अभिव्यक्ति दिएर आफू अपजसबाट पन्छन खोजेको देखिएको छ ।
काँग्रेसका युवा नेता गगन थापा लगायत भने केसीको पक्राउको विरोधमा छन् । थापाले मंगलबार माइतीघर मण्डलामा पुगेर केसीको अभियानलाई समर्थन जनाए ।
माओवादी केन्द्रले पनि औपचारिक रुपमा केही बोलेको छैन् । माओवादी अध्यक्ष प्रचण्ड मौन देखिएका छन् ।
यता, पक्राउको केहीबेरमै सामाजिक सञ्जालबाट आपत्ति जनाएका नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. भट्टराई भने मंगलबार बिहानै सिंहदरबारस्थित प्रहरी वृत्तमा पुगी डा. केसीलाई भेटेका छन् । केसीका समर्थकले आह्वान गरेको प्रदर्शनमा सहभागी हुन उनी मंगलबार माइतीघर मण्डला पनि पुगे ।
अदालतले मानहानीसम्बन्धी व्यवस्थाको दुरुपयोग गर्दा पनि प्रमुख दलहरुले मौनता साँध्नुलाई आश्चर्यका रुपमा लिइएको छ ।

दैनिक नेपालबाट


ताजा समाचार