Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

किन गर्दैछ चितुवाले मान्छेमाथि आक्रमण, अनुसन्धान गर्दै युवा अनुसन्धानकर्ता चन्द 

युवा अनुसन्धानकर्ता धिरेन्द्रबहादुर चन्द

इन्द्रसरा खड्का
बैतडी, २४ पुष ।
 बैतडीको तल्लो स्वराड सदरमुकाम भन्दा धेरै टाढा छ । जहाँ पैदल हिड्न ३, ४ दिन लाग्छ । तर अहिले सो ठाउँमा अहिले कच्चि भएपनि सडक पुगेको छ । सडक,बिद्युत, सञ्चार लगायत बिकासका पुर्वाधारबाट निकै पछाडी रहेको तल्लो स्वराडमा चितुवाले आतंक मच्चाइरहेको छ । जसले गर्दा नागरीक त्रासितको जिन्दगी बिताइरहेका छन् । दिनमा एक्लै मेलापात गर्न, हिडडुल गर्न पनि स्थानीय मनभरी डर त्रास हुन्छ ।

२०६८ सालदेखि अहिलेसम्म चितुवाको आक्रमणबाट २३ जनाको ज्यान गइसकेको छ भने दुइ दर्जन बढी घाइते भएका छन् । पटक पटक चितुवाले नागरीकको ज्यान लिसक्दा पनि सम्बन्धीत निकायले खासै पहल गरेको पाइदैन । चितुवालाइ नियन्त्रणमा लिन पटक पटक प्रहरीको टोली प्रभावित क्षेत्रमा पुगेपनि त्यत्तिकै फर्किएको छ । घरभन्दा वरिपरी झाडी र जङ्गल भएकाले चितुवा दिउसो घरमै आएर मानिसमाथि आक्रमण गरीरहेको छ । घरमै आएर आँगनमा बसेका, घरभित्रै सुतिरहेकालाई पनि चितुवाले आक्रमण गर्न थालेपछि यतिखेर नेपाल जैबिक बिबधता अनुसन्धान समाजले अनुसन्धान जारी राखेको छ ।

बैतडीको तल्लो स्वराडमा मान्छेमाथि चितुवाले किन आक्रमण गर्दैछ भन्ने बिषयमा युवा अनुसन्धान कर्ता धिरेन्द्रबहादुर चन्द अहिले अनुसन्धानमा लाग्नुभएको छ । चितुवा प्रभावित क्षेत्रमा पहिलो पटक अनुसन्धान गरेर फर्केका चनद फेरी चितुवा प्रभाबित क्षेत्रमा पुग्नुभएको छ । अहिले चन्द प्रभावित क्षेत्रमा पुगेर त्यहाँका नागरीकसंग भेटघाट गर्दै तथ्याङ्क संकलनको काममा ब्यस्त हुनुहुन्छ । चितुवाको आक्रमणले तल्लो स्वारडबासिले अकालमै ज्यान गुमाउनुपरेकाले यसको कारणको खोजिमा आफुरहेको युवा अनुसन्धानकर्ता चन्दले बताउनुभयो ।

तल्लो स्वराडको आम्चोरा, बिसालपुर उदयदेव ,पञ्चेश्वर लगायत चितुवा प्रभाति क्षेत्रमा चितुवाको त्रास , आक्रमणको कारण बारे पत्ता लगाइ न्युनिकरणको लागि प्रयास गर्ने उदेश्यले अनुसन्धान थालीएको उहाँको भनाइ छ । अहिले नागरीकको घरदैलोमा गएर प्रत्यक्ष भेटघाट गरेर अन्तक्रीया कार्यक्रम गरी चितुवको आक्रमण बारे थाहा पाएर त्यसको आहार–विहारलगायत वासस्थानको बारेमा पत्ता लगाइने कार्य जारीरहेको छ ।

चितुवा मार्नु मात्रै समस्याको समाधान नभएर एउटै चितुवा छ कि धेरै चितुले मानिसलाइ आक्रमण गरिरहेको छ यो बिषयको अनुसन्धान गर्न आवश्यक रहेको चन्दले बताउनुभयो । चितुवाले पटक पटक किन मान्छेलाइ आक्रमण गरिरहेको छ भन्ने कारण पत्ता लगाएर फेरी नेपाल जैबिक विविधता अनुसन्धान समाजका प्राणीविद् डाक्टर मुकेस कुमार चालिसे लगायतको टोलि अध्यानको लागि बैतडी आउने उहाँले बताउनुभयो । यस्तै चितुवा प्रभाति क्षेत्रमा बिद्युत नहुदा समस्या भउको भन्दै सोलार पनि जडान गरीने बताइएको छ ।

 


ताजा समाचार