Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

भेटमा राष्ट्रपतिले प्रधानमन्त्री देउवालाई के भनिन् ?


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटघाट भएको छ । सोमबार बिहान राष्ट्रपति भवन शितल निवासमा भेटघाट भएको हो । राष्ट्रपति र प्रधानमन्त्रीको भेटमा प्रदेशप्रमुख नियुत्त र प्रदेशमुकाम तोक्ने बारेमा छलफल भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए ।

भेटमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई दलहरुसँगको सहमतिमा प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्न सुझाव दिएकी छन् । उक्त भेटघाटमा प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई राष्ट्रियसभा निर्वाचन बारे जानकारी समेत गराएका थिए ।

वाम गठबन्धनको असहमति र मुकाम माग्दै विभिन्न ठाउँमा भइरहेको आन्दोलनको कारण सरकारले प्रदेशको अस्थायी केन्द्र तोक्न सकेको छैन । प्रदेशमुकाम तोक्न असहज भएपछि सरकारले प्रदेश प्रमुखहरु मात्र नियुक्त गरेर प्रदेशसभा सदस्यलाई काठमाडौमै शपथ खुवाउने तयारी गरेको छ । त्यसको सर्वत्र आलोचना हुन थालेको छ ।


ताजा समाचार