Loading... आजः मङ्लबार, कार्तिक ११, २०७७

पुर्वराजा ज्ञानेन्द्र र युपीका मुख्यमन्त्री बिचको गोप्य भेटमा के–के भयो ?


नेपालगंज । पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यना बिच गोप्य भेटघाट भएको छ । सोमबार बिहान पुर्वराजा शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी बिच भारतको लखनउ स्थित सरकारी आवासमा भेट भएको हो ।

केही दिन अघि नेपालगंजमा खुलेको सोल्टी होटलको उद्धघाटन गर्न पुगेका पूर्व राजा ज्ञानेन्द्र शाहले आइतबार लखनऊ पुगेका थिए । ज्ञानेन्द्र उनकी पत्नी कोमल, छोरी प्रेरणा, बहिनी शोभा शाही र उनका पति मोहन शाही लखनऊ गएका बताइएको छ ।

पूर्व राजा शाहसँग भेटपछिको तस्बिर राख्दै योगीले ट्वीट समेत गरेका छन् । उनीहरुबीचको भेटमा के कुराकानी भयो त्यो भने ट्वीटमा खुलाइएको छैन । मुख्यमन्त्री योगी नेपालमा राजसंस्थासहित हिन्दुराष्ट पुर्नस्थापनाका पक्षधर मानिन्छन् ।


ताजा समाचार