Loading... आजः बुधबार, मंसिर १७, २०७७
Trending

मोडलिङमा उदाउँदै गरेकी सरला : भन्छिन्,  यो क्षेत्रले मलाई खोजेको हो


जाजरकोट । दैलेखमा जन्मिएकी सरला शाही ठकुरी बिगत दुई बर्ष देखि मोडलिङ क्षेत्रमा सक्रिय भएको नाम हो । मोफसलबाटै मोडलिङ क्षेत्रमा संघर्ष गरिरहेकी उनी अहिले यो दुनियाको भिडमा परिचित हुन थालेकी छन् । कोहलपुरमा बस्दै आएकी सरला सानै देखि नृत्यमा रुचि राख्थिन् । हट मोडल सरला नृत्य संगै अभिनय कलामा समेत पोख्त छिन् ।

मोडलिङ दुनियामा आफ्नो भविश्य खोजीरहेकी उनी पछिल्लो चरणमा म्युजिक भिडियोमा निकै जम्न थालेकी छिन् । सानै देखि यो क्षेत्रमा केही गर्ने सोच बोकेकी उनी अहिले आफ्ना सपना पुरा गर्ने अभियानमा छिन् । सफल समेत भइरहेकी छिन् । अहिले उनी आफुलाई परिचित बनाउदै आफु भित्रको प्रतिभालाई निखार्न निकै कडा मेहनत गरिरहेकी छिन् ।

सुन्दरी मोडल सरलाले अहिले सम्मा एक दर्जन आधुनिक गितहरुमा अभिनय गरिसकेकी छिन् । उनले गायक सत्यराज आर्चायको स्वरमा रहेको गित “आयो माया” बाट म्युजिक भिडियोमा डेब्यु गरेकी हुन् । उनले ‘चोखो माया’, ‘आँखै नसालु’, बोल्नै नहुने, लगायतका आधुनिक गितहरुका म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । साथै अहिले पछिल्लो चरणमा बिभिन्न स्थानमा हुने महोत्सव तथा साँस्कृतिक कार्यक्रममा समेत उनको उपस्थिति हुने गरेको छ ।

उनि भन्छिन् ‘सुरुवात अनौठो छ, जति नाच्थे कोठामा नाच्थे तर दुई बर्ष अघि सल्यान महोत्सवमा आफ्नो प्रतिभा देखाउने अवसर पाँए त्यही महोत्सवले मेरो यो क्षेत्रको सुरुवात गरायो’ । महोत्सवमा उनको नृत्य देखेर आयोजकले म्युजिक भिडियोमा अभिनयका लागी अवसर दिएको थियो ।

‘मैले मोडलिङलाई मुल पेसा बनाए अघि बढ्ने सोच बनाएकी छु । यो क्षेत्र छाडेर म कतै जान्न । यही क्षेत्रमा रमाउने योजना बनाएकी छु तर घर परिवारको सर्पोट नहुदा सारै दुःखी छु’ उनि भन्छिन् । उनि यो क्षेत्रमा विस्तारै सफल हुँदै गएपनि अहिले सम्मा घर परिवारलाई थाहै छैन । उनले नृत्य संगै पढाइलाई पनि अगाडि बढाइरहेकी छिन् । मानविकि संकायमा स्नातक गरिसकेकी छिन् ।

यो क्षेत्र आफुले रोजेको नभाई यो क्षेत्रले मलाई खोजेको बताउने सरला सुहाँउदो अफर आए जुनसुकैमा पनि अभिनय गर्न तयार रहेको बताउछिन् । यो क्षेत्रलाई क्यारिएर बनाउने खुड्कीलोको रुपमा अगाडि बढाउने सोचमा उनि छिन् । मोफसलका कलाकारलाई निकै संघर्ष गनु पर्ने उनको अनुभव छ ।

प्रस्तुती : रामचन्द्र घर्ती


ताजा समाचार