Loading... आजः शुक्रबार, अशोज १, २०७८

राजधानी लगायत बाँकेको विकासका लागि सर्वपक्षीय बृहत अन्तरक्रिया कोहलपुरमा

सरला सुबेदी,
कोहलपुर,२३ पौष । यतिबेला संघीय सरचनामा ५ नम्बर प्रदेशको राजधानिका लागी विभिन्न जिल्लाले आ–आफ्नो जिल्लाको लागी माग र बहस सुरु गरेका छन।

यसै सन्दर्भमा आईतबार कोहलपुर नगरपालिका र कोहलपुर नगरबिकास समितिको आयोजना र रेडियो प्रतिबोध एफएमको समन्वयमा ५ नम्बर प्रदेशको राजधानी लगायत बाकेको विकास र समृद्दिका सवालमा सर्वपक्षीय बृहत अन्तरक्रिया कार्यक्रम गरेको छ। कार्यक्रम कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतको अध्यक्षतामा भएको थियो ।

नगरप्रमुखले ५ नम्बर प्रदेशको राजधानीको बिकल्प बाँके जिल्ला भन्दा अन्त नभएको बताए । कार्यक्रममा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज अथकले नेपालको समग्र विकासको लागी संघीयताको आवस्यकता रहेको र समग्र विकासको हिसावले राज्यले एउटा राजधानी संचालन गर्नको लागी बाकेमा जति भौतिक पुर्वाधार अन्त नभएको र अन्तरास्ट्रिय सम्बन्ध पनि राम्रो भएको बताए । उनले न्यायिक मुख्यालय दाङलाई र ५ प्रदेशको राजधानी बाँके जिल्लामा नै बनाइनु पर्ने र आफुले नि बाँके जिल्लाको लागिनै पहल गर्ने बताए ।

कार्यक्रममा बाँके क्षेत्र नम्बर २का प्रतिनिधि सभा सदस्य मो.इस्तियाक राईले सर्वप्रथम त कोहलपुर, नेपालगन्ज, खजुरा भनेर संघीयतालाई कमजोर बनाउनु भन्दा त बाँके जिल्लाका सरोकारवाला निकायको आवाज एक हुन जरुरी छ भन्दै उनले ५ नम्बर प्रदेशको सिमाङकन हेरफेर गरिनु पर्छ र बाँके जिल्लालाई नै ५ प्रदेशको राजधानी बाके जिल्लालाई नै बनाउनु पर्छ र आफ्नो पहल पनि बाँके जिल्लाको लागिनै हुने बताए।

यसैगरी नेकपा एमालेका युवा नेता सुर्य ढकालले सबैलाई पायक पर्ने बाँके जिल्लालाई राज्यको केन्द्र बिन्दु तोकिनु पर्ने कुरा बताए उनले दाङलाइ राजधानी बनाइनुमा कुनै आपत्ती छैन तर यदि दाङ छोडेर बुटवल बनाइएमा बाँके जिल्लालाई ६ प्रदेशमा जोड्नको लागी पहल गरिने बताए। उनले बाँके जिल्ला भौगोलिक सरचना र जनचेतनाको हिसाबले पनि बाँके जिल्ला राजधानिको लागी उपर्युक्त रहेको बताए ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले संघीयताको व्यवहारिक प्रयोगको लागी र पश्चिम नेपालकै व्यापारिक केन्द्र राजनितिक केन्द्रको रुपमा बाँके जिल्ला नै उपयुक्त भएकोले बाँके जिल्ला लाई नै ५ प्रदेशको राजधानिको लागी पहल गर्ने बताए । कार्यक्रममा प्रमुख अतिथी बिशिस्ट अतिथी र अन्य अतिथिहरुको माग बाँके जिल्लालाई नै बनाइनु पर्छ भन्ने धारणा थियो भने उपस्थित बुद्दिजिवी पत्रकार र स्थानिय जनप्रतिनिधी व्यापारी शिक्षकहरुको धारणा र आवाज ५प्रदेशको राजधानी दाङ मै बनाइनु पर्छ भन्ने थियो ।

कार्यक्रममा नगरबिकास समितिका अध्यक्ष अबराज खड्काले ५नम्बर प्रदेशको राजधानी बाँके जिल्लामा नै हुनुपर्छ भन्दै आधारपत्र प्रस्तुत गरेका थिए ।


ताजा समाचार