Loading... आजः सोमवार, कार्तिक १०, २०७७

चिसोको कारण जाजरकोटमा भाइरलको प्रकोप, तातो कपडाको अभावमा बिरामिको मृत्यु

जाजरकोट,  २३ पुस । अत्याधिक चिसोको कारण जाजरकोटको पश्चिमी क्षेत्रमा भाइरल ज्वरोले प्रकोप रुप लिएको स्वास्थ्यकर्मीले जनाएका छन । चिसोसंगै देखा परेको भाइरल ज्वरो र रुगाखोलीले प्रकोपको रुप लिएको हो ।

एक साता देखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले ५ वालवालिका सहित ९ जनाको ज्यान गएको छ । एकसातादेखि फैलिएको भाइरलको प्रकोपबाट ५ बालबालिका र ४ बृद्ध बृद्धाको ज्यान गएको हो । भाइरल ज्वरोले थलिएकाहरुलाई उचित स्वास्थ्य उपचार र तातो वाताबरणको ब्यबस्था गर्न नसक्दा बिरामीको ज्यान गएको जुनीचाँदे गाउँपालिका ११ कोर्ताङ्गका नरबहादुर बस्नेतले बताए । बिपन्न परिवारमा बिरामी परेकाहरुको तातो कपाडाको ब्यबस्थापन र उपचारको अभाबको ज्यान गएको बस्नेतको भनाई छ ।

उक्त क्षेत्रमा भाइरलको प्रकोप सबै तिर फैलिए पनि गरिबीका कारण स्वास्थ्य उपचार तातो बाताबरणको ब्यबस्था गर्न नसक्ने बिरामीले ज्यान नै गुमाउनु परेको जुनिचाँदे ४ लुहादहका रेशमबहादुर खड्काले जानकारी दिए रुगाखोकी र भाइरल ज्वरोको प्रकोपबाट जुनीचाँदे गाउपालिका वडा नं २ का ५२ धनसरारनाथ ७२ सतरुप शाही र ६२ आइती तिरुवा मृत्यु भएको प्रकोप प्रभाबित स्थलमा खटिएका जिल्ला स्वास्थ्य कार्यालयका ल्याबटेक्निसिएन कृष्णबहादुर खत्रीले बताए । बिपन्न परिवारमा बिरामी परेकाहरुलाई आबश्यक स्याहार औषधोपचारको ब्यबस्था गर्न नसक्दा नै उनीकोहरुको मृत्यु भएको हो खत्रीले भने । त्यस्तै प्रकोपबाट ५ जना नवजात शिशुको पनि मृत्यु भएको छ ।

नवजात शिशुको लागि उचित तातो बाताबरण मिलाउन नसक्दा नै अत्याधिक चिसोका कारण देखा परेको भाइरलको प्रकोबाट मृत्यु भएको खत्रीले बताए । प्रमुख रामबहादुर नेपालीले जानकारी दिनु भएको छ । प्रकोप नियन्त्रणको लागि शनिबारदेखि प्रभाबित क्षेत्रमा स्वास्थ्य शिबिर संचालन गरिएको छ । शिबिरमा आइतबार सम्म ४ सय बढि बिरामीको उपचार गरिएको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले राजधानीलाई बताए । शिबिर संगै केही स्वास्थ्यकर्मी बिरामीको घर घरमा पुगेर औषधि उपचारको ब्यबस्था गरिएको छ जिल्ला स्वास्थ्य प्रमुख नेपालीने भने ।

मौषम परिवर्तनसंगै देखा परको भाइरल र रुगाखोकी नियन्त्रण बाहिर जान नदिन उच्च सर्तकता अपनाइएको उनले दाबी गरेका छन । प्रकोप प्रभाबित क्षेत्रका सबै घरमा स्थानीय बिरामी परेका छन । घरका सबै बिरामी परेका कारण स्वास्थ्य उपचारमा समस्या देखिएको छ । परिबारका सबै बिरामी परेकोले उपचारका कठिनाई भएको जुनीचाँद गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खत्रीले बताए । सबै तिर समुन्वय गरेर भरपर्दो उपचार सहित प्रकोप नियन्त्रणको प्रयास जारी छ अध्यक्ष खत्रीले भने ।

सदरमुकामबाट २ दुइ दिनको पैदल दुरीमा रहेको जुनीचाँदेमा गरिबी र भरपर्दो स्वास्थ्य सुबिधाको अभाबमा भाइरले प्रकोपको रुप लिएको नागरिक समाजका अगुवा केशब जंग शाहले बताए । सामन्य रोगले बेला बेला प्रकोपको रुप लिने जाजरकोटमा यस पटकको भाइरले समेत त्रसित बनाएको छ । जिल्लामा भाइरल ज्वरो फैलिएको जानकारी पाउन साथ सम्बन्धित निकायमा उपचार र रोकथामको ब्यबस्था गर्न पहल गरेको प्रतिनिधि सभा सदस्य एबं पूर्ब गृहमन्त्री शक्तिबहादुर बस्नेतले बताए ।

सबै तिरबाट एकिकृत पहल भइरहेकोले उपचारको भरपर्दो ब्यबस्था हुनेमा जिल्लाबासीलाई ढुक्क हुन बस्नेतले अनुरोध गरेका छन ।


ताजा समाचार