Loading... आजः बुधबार, कार्तिक ५, २०७७

नगरपालिकाका ओभरसियर र अमीन पक्राउ

दाङ । दाङको लमही नगरपालिकामा कार्यरत सबअाेभरसियर र अमिन पक्राउ परेका छन ।

घुस लिदै गर्दा अख्तियारको टोलिले सब ओभरसियर थापा श्रेष्ठ र अमिन नेपालीलाई आइतबार पक्राउ गरेको हो । उनीहरुलाई ५० हजार घुस रकमसहित अख्तियारले पक्राउ गरेकाे हो ।

घर जग्गा अभिलेखीकरण वापत सेवाग्राहीबाट ५० हजार घुस रकम लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरको टोलीले पक्राउ गरेकाे हाे। गोप्य सूचनाका आधारमा अख्तियारकाे टाेलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान अायाेग कोहलपुरका सूचना अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिएका छन्।


ताजा समाचार