Loading... आजः शनिबार, कार्तिक ६, २०७८

अज्ञात रोगले बारेकोटमा एकै घरका १० सहित २२ बाख्रा मरे

फाइल तस्बिर

जाजरकोट । बारेकोट गाउँपालिकाको रामीडाँडामा अरिचित रोग लागेर बाख्रामा महामारी फैलिएको छ । रोग लागेर एउटैगाउँमा २२ वटा बाख्रा मरिसकेका छन् । अपरिचित रोगले बारेकोट गाउँपालिका–१ माथि आगरका मानबहादुर ज्योतीका २ वटा, सिता वुढाका २ वटा, कमलदेव वुढाका २ वटा, जस्वीर वुढाका २ वटा, नन्दलाल खड्का २ वटा, राजु वुढाका १ वटा, असारे वुढाका १ वटा बाख्रा मरेका छन् । त्यसैगरी तली आगरका मनवीरे वुढाका १० वटा बाख्रा मरिसकेका छन् ।

टाउको सुनिने, पित्तको आयतन बढ्ने, कलेको रंग निलो हुने, सिंगान बग्ने, भुढी ढारिने, दिसापिसाव बन्द हुने लक्ष्यन देखा परेर बाख्राहरु मर्ने गरेको मनवीरे वुढाले वताए । एउटै घरमा १० वटा बाख्रा मरिसकेपछि आफुले ठुलै क्षेती ब्यहोर्नु परेको बाख्रा पालक किसान मनवीरे वुढाको भनाई रहेको छ ।
२०७२ सालमा पनि बारेकोटको मुल्साम देखि धुमसम्मका बाख्रा पालक कृषकले हजारौंको संख्यामा भेडाबाख्रा मरेर ठुलो क्षेती ब्यहोर्न बाध्य भएका थिए ।

त्यसवेला क्षेती ब्यहोर्न बाध्य भएका किसानहरु यतिवेला पनि अपरित रोग फैलिएपछि २०७२ साल फर्किएर आउछ कि भन्ने निकै ठुलो चिन्ता लागेको भेडापालक किसान देवबहादुर वुढाले वताए ।साथै किसानहरुले भेडाबाख्रामा देखा परेको रोग पहिचान गर्न भेटनरी प्राविधिकलाई आग्रह गरेका छन् भने, औषधीको ब्यबस्थापन गरिदिन बारेकोट गाउँपालिकालाई अनुरोध गरेका छन् ।

डिजिटल संचारबाट


ताजा समाचार