Loading... आजः शनिबार, मंसिर ११, २०७८

बैजनाथ गाउँपालिकामा तिनदिने अभिमुखिकरण तालिम सुरु

सरला सुबेदी,
कोहलपुर,२१ पौष । बैजनाथ गाउँपालिकामा हेलपडेस्क सहजकर्ताहरुका लागि तिन दिने अभिमुखिकरण तालिम सुरु भएको छ ।

प्रत्येक वडाका एक–एक जना सहजकर्ताहरु सहभागी अभिमुखिकरण तालिममा स्थानिय सरकार सञ्चालन ऎन–२०७४ तथा हेलपडेस्क सहजकर्ताहरुको काम कर्तव्य र अधिकारका वारेमा सहजिकरण गरिने सहजकर्ताले गर्ने काममा सहजता गराउन र उनिहरुको आत्मबल बडाउनको लागी तालिम सन्चालन गरिएको आयोजक संस्था बाताबरण ग्रामिण विकास केन्द्र कोहलपुरका अध्यक्ष धर्मलाल रोकायले वताए।

स्थानिय तहको काम कार्वाहीलाई सहजबनाउन प्रत्येक वडाहरुमा एक–एक जना हेलपडेस्क सहजकतांहरुको व्यवस्था गरिएको छ । अभिमुखिकरण तालिमको सहजिकरण मानव अधिकारकर्मि प्रकाश उपाध्याय गर्ने आयोजक सस्थाका अध्यक्ष रोकायले बताए। अभिमुखिकरण कार्यक्रमको उद्घाटन बैजनाथ गााउपािलकाका अध्यक्ष मान बहादुर रुचालले गरेका थिए।

तालिमको उद्घाटन सत्रमा बैजनाथ गाउपालिकका सबै वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो तालिम २१, २२ र २३ गते सम्म रहनेछ। अभिमुखिकरण तालिममा सबै वडाहरुका सहजकर्ताको सहभागीता रहेको छ।


ताजा समाचार