Loading... आजः बिहिबार, मंसिर १८, २०७७
Trending

उत्तर कोरीयाले स्वीकार गर्यो दक्षिण कोरीयको प्रस्ताव, अब अमेरीका के गर्छ ?


एक अर्काका परस्पर बिरोधी उत्तर कोरिया र दक्षिण कोरियाबिच आउँदो हप्ता उच्चस्तरीय वार्ता हुने भएको छ । दक्षिण कोरीयाले पछिल्लो चरणमा उत्तर कोरीया संग बार्ता तत्परता देखएपछि यी दुई देश बिच आउँदो हप्ता बार्ता हुने भएको हो ।

आउँदो फेब्रुअरीमा हुने शितकालिन ओलम्पिकमा आफ्नो सहभागिता हुने जनाउ उत्तर कोरीयाले गरेपछि यसको विषयमा छलफल गर्नका लागि दक्षिण कोरियाले गरेको प्रस्ताव उत्तर कोरियाले स्वीकार गरेको हो ।

केही दिन अघि नयाँ वर्षको शुभकामना सन्देश दिने क्रममा उत्तर कोरियाका नेता किम जोङ–उनले आउँदो महिना सिओलमा हुने शितकालिन ओलम्पिकमा आफ्नो देशको सहभागिता रहन सक्ने संकेत गरेका थिए । त्यसपछि दक्षिण कोरियाले ओलम्पिक सहभागिताको विषयमा छलफल गर्न उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको थियो ।

उत्तर कोरियाले प्रस्ताव स्वीकार गरेसँगै आगामी जनवरी ९ मा दुई कोरियाबीच उच्चस्तरीय वार्ता हुने भएको छ । वार्तामा विन्टर ओलम्पिकमा उत्तर कोरियाली खेलाडीको सहभागिताको विषयले प्राथमिकता पाउने छ । विन्टर ओलम्पिकको सहभागिता कोरियाली नागरिकमा एकताको सन्देश दिने राम्रो अवसर हुन सक्ने उत्तर कोरियाका नेता किमले बताएका छन् ।

दुई कोरियाको सीमा क्षेत्र पानामुन्जोममा वार्ता गर्ने तयारी छ । कोरियाली प्रायद्विपमा तनाव बढ्दै गएका बेला उत्तर र दक्षिण कोरियाबीच हुने उच्चस्तरीय वार्तालाई सम्बन्ध सुधारको गर्ने मौकाको रुपमा लिइएको छ ।

एजेन्सी


ताजा समाचार