Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

राष्ट्रिय परीक्षा बोर्डको प्रादेशिक कार्यालय कोहलपुरमै हुनपर्ने : न्यौपाने

कोहलपुर । अखिल (क्रान्तिकारी) का निवर्तमान अध्यक्ष नरेन्द्र न्यौपानेले राष्ट्रिय परीक्षा बोर्डको प्रादेशिक कार्यालय कोहलपुरमै हुनपर्नेमा जोड दिएका छन ।

बिहिबार कोहलपुर आएका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलसँगको भेटका क्रममा न्यौपानेले परिक्षा बोर्डको कार्यालय कोहलपुरमै राख्न सुझाव दिएका हुन । देश संघिय संरचनामा गए लगत्तै कोहलपुरमा रहेका महत्वपूर्ण कार्यालयहरु बिस्थापित हुने क्रम बढेको प्रति दुःख ब्यक्त गर्दै युवा नेता न्यौपानेले कुनै पनि हालतमा पारिक्षा बोर्डको कार्यालय कोहलपुरबाट अनेत्र लैजान नहुने बताए ।

कोहलपुरस्थित परीक्षा बोर्डको कार्यालयलाई प्रदेश नं. ५ को कार्यालयका रुपमा विकसीत गर्ने गरी गृहकार्य गर्न न्यौपानेले आग्रह गरेका थिए । न्यौपानेको आग्रहलाई सकारात्मक रुपमा लिदै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेले सम्भव भएसम्म कोहलपुरको कार्यालयलाई प्रादेशिक कार्यालयमा रुपान्तरण गरी यहीबाट सेवा संचालन गर्न पहल गर्ने आश्वासन दिएका छन ।

विशेष भेटघाटका क्रममा अन्य विषयहरुमाथी समेत छलफल गरीएको अखिल (क्रान्तिकारी) का नेता राजेन्द्र विष्टले जानकारी दिए ।


ताजा समाचार