Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

स्याउलीमा रेडियो श्रोता समुहको बैठक सम्पन्न

सपना ओली, 
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका ७ स्याउली बजारमा स्याउली रेडियो श्रोता समुहको बैठक सम्पन्न भएको छ ।

यु एस आइड को आर्थिक सहयोग र सुन्दर नेपाल संस्थाको साझेदारीमा गठित यस समुहको जेष्ठ सदस्य रिता शाहीको अध्यक्षतामा बसेको आजको बैठकमा स्वास्थ्य सेवा के कसरी प्रवाह भैरहेको छ स्थानीय तहबाट कस्ताकस्ता सेवा उपलब्ध हुन्छन भनी छलफल गरिएको थियो ।

प्रत्यक महिनाको दुई दिन ५ र २० गते बस्ने बैठकमा आज सुन्दर नेपाल कार्यक्रम संयोजक खिम रेग्मी ,जिल्ला अधिकृत धन बहदुर रावत समेतको उपस्थिति रहेको थियो । रेडियो कार्यक्रम साझा बोलीले उठाएका सवाल र स्थानीय तहले प्रवाह गर्ने सेवा सुविधाबारे रेग्मीले थप जानकारी दिनुभयो । पहिलेको भन्दा केही सुधार भएको र अझ धेरै कृयाशिल बन्नुपर्छ भन्ने जिल्ला अधिकृत रावतले सुझाव दिनु भयो ।

त्यस्तै उक्त बैठकमा केही सदस्यहरु निष्क्रिय भएकोले नयाँ सदस्य थपघट गर्ने निर्णय गरिएको थियो । पारस्परिक जवाफदेहिता कार्यक्रमद्वारा समुदायका लागि उत्पादित रेडियो कार्यक्रम साझा बोलिले कृषि ,स्वास्थ्य ,शिक्षा र विपत जोड दिने गर्दछ । आज बसेको यस बैठकमा ब्राह्मण, क्षेत्री, जनजाती र दलित गरि जम्मा २१ जनाको उपस्थिति रहेको थियो । उमेर समूह अनुसार विभाजन गर्दा १५-१९ सम्मका १ जना, २०-२४ सम्मका ७, २५-२९ सम्मका ७ र ३०-५९ ४ सहभागी थिए । सहभागी भएका सदस्यहरूले अबदेखि कार्यक्रम नियमित सुन्ने र स्थानीय तहबाट उपलब्ध सुबिधाबारे निगरानी राख्ने बताएका छन् ।


ताजा समाचार