Loading... आजः आइतवार, फाल्गुन २३, २०७७
Trending

काँग्रेसले सच्यायो समानुपातिकको सुची, को परे ? कस्लाई हटाइयो ?


काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक सांसदको नामावली सच्याएर निर्वाचन आयोगमा पेश गरेको छ । केही दिन अघि निर्वाचन आयोगले नामावली संशोधन गरेर पठाउन पत्राचार गरेपछि कांग्रेसले संशोधित नामावली बुझाएको हो ।

काँग्रेसले प्रदेश नम्बर १, २ र ५ का चार जनाको नाम संशोधन गरेर निर्वाचन आयोगमा नामावली पठाएको जनाएको छ ।

प्रदेश १ : मा सीतादेवी पौडेललाई हटाएर शान्ता पौडेलको नाम पेश गरिएको छ । क्रम संख्यामा शान्ता एक नम्बरमा भए पनि तीन नम्बरमा रहेकी सीतादेवीको नाम पठाएको थियो । प्रदेश १ मै टेकचन्द्र विश्वासको नाम हटाएर कल्पनाकुमारी सरदारको नाम कांग्रेसले निर्वाचन आयोगमा बुझाएको छ ।

प्रदेश नम्बर २ : मा सलमा खातुनको नाम हटाएर आदिवासी जनजाती कोटाबाट शोभा लामाको नाम बुझाइएको छ ।

प्रदेश  ५ः  मा सूर्यमती उपाध्यायको सट्टा शान्तिदेवी वर्मा सोनारलाई दलित कोटामा पठाइएको छ ।

क्रम संख्या नमिलेको र समानुपातिक क्लस्टर नमिलेको पाइएपछि निर्वाचन आयोगले नामावली सच्याउन ६ राजनीतिक दलहरुलाई पत्राचार गरेको थियो ।


ताजा समाचार