Loading... आजः बुधबार, कार्तिक ५, २०७७

प्रथम मेयरकप ब्याटमिन्टन प्रतियोगिताका बिजेतालाई पुरस्कार प्रदान

जाजरकोट । जाजरकोटमा सम्पन्न प्रथम मेयर कप ब्याटमिन्टन प्रतियोगिताका बिजेतालाई पुरस्कार प्रदान गरिएको छ । बुधबार आयोजक भेरी नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि बिजेता टोलिलाई पुरस्कार प्रदान गरेको हो ।

प्रतियोगिताको डबल तर्फ जनक भडेल र राजु भडेलले प्रथम स्थान हासिल गरेका छन । उनीहरुले १२ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन । दोय भडेललाई जुनिचांदे गाउँपालिकाले प्रायोजन गरेको थियो । दोस्रो स्थान हासिल गर्न सफल गंग बिबश आर्सी र निराजन बिक्रम शाहीले १० हजार नगद रुपैया र प्रमाणपत्र पाएका छन । उनीहरुलाई जिल्ला समन्वय समितिले प्रायोजन गरेको थियो । त्यस्तै प्रतियोगितामा तेस्रो भएका यादप प्रसाद वलि र निर्मल वलिले ८ हजार नगद र प्रमाणपत्र पाएका छन ।

प्रथम मेयर कप ब्याटमिन्टन प्रतियोगितामा डबल र सिंगल खेलाइएको थियो । सिंगल तर्फ प्रथम भएका जनक भडेललाई नगद ७ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको छ । दोस्रो भएका महेन्द्र भडेलले नगद ५ हजार रुपैयाँ सहित प्रमाणपत्र पाएका छन । त्यस्तै तेस्रो भएका निराजन बिक्रम शाहिले पनि ३ हजार रुपैयाँ र प्रमाणपत्र पाएका छन ।

बिजेत टोलिलाई नगर प्रमुख चन्द्रप्रकाश घर्ति र मेयर कप ब्याटमिन्टन प्रतियोगिताका संयोजक लिला बहादुर शाहले पुरस्कार प्रदान गरेका हुन । पुरस्कार प्रदान गरेपछि नगर प्रमुख घर्तिले खेलकुदलाई पनि प्राथमिकता दिएको प्रतिक्रिया दिए । उनले स्वास्थ्यको लागि खेलकुद अति आवस्यक भएको बताउदै यस्ले युवाहरूलाई कुलत बाट मुक्त हुने प्रेरित गर्ने बताए ।

पुरस्कार बितरण कर्याक्रमको संचालन नगपालिकाका लेखापाल डम्बर बिस्टले गरेका थिए । भेरी नगरपालिकाको आयोजनामा यहि पुस १२ गते देखि १६ गते सम्म प्रतियोगिता संचालन गरिएको थियो ।


ताजा समाचार