Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

भिरबाट लडेर जाजरकोटमा दुई युवाको मृत्यु

जाजरकोट । मेला हेरेर घर फर्कने क्रममा सिस्नेरी भिरबाट लडेर जाजरकोटमा दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुशे गाँउपालिका –७ नारेका २८ वर्षीय किशोरकुमार सिंह र ३० वर्षीय जनकबहादुर नेपाली छन् ।

कुशे ५ ढिमेमा पाँच बर्षमा लाग्ने झादेउ मेला हेरेर फर्कने क्रममा उनीहरुको लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु करिब पाँच सय मिटर तल खसेको र टाउकोमा चोट लागेको बताइएको छ ।


ताजा समाचार