Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

यी हुन् अमेरिका बसेर जाजरकोटको जागिर खाँने डाक्टर

राजेन्द्र कार्की 
जाजरकोट । सुन्दै अचम्म लाग्ने अमेरिका बसेर जाजरकोटमा जागिर कसरी सम्भव होला ? तर जिल्ला अस्पताल जाजरकोटमा कार्यरत मेडिकल अधिकृत डा. निशराज बस्नेतले विगत एक वर्षदेखि अमेरिका बसेर जाजरकोटको जागिर पकाइरहेको पाइएको छ । स्थानीय प्रशासनले छड्के अनुगमन गर्दा यस्तो अनियमितता फेला पारेको हो ।

उनी गतवर्ष अमेरिका गएका थिए। २०७३ सालको अन्त्यसम्म उनको साढे १९ दिन संचित बिरामी बिदा थियो। २०७४ बैशाखदेखि यता दुईपटक आएर हाजिर गरेर उनी पुनः अ

डा. निशराज बस्नेतको यस वर्षको हाजिरी विवरण। तस्बिर : राजेन्द्र कार्की

मेरिका फर्किएका थिए । यस वर्ष बैशाख २५ देखि जेठ चार गतेसम्म ११ दिन हाजिर गरेर फर्किएका थिए । पुनः कार्तिक ६ गतेदेखि हाजिर भएका उनी २१ गतेसम्म १६ दिन जिल्ला अस्पतालमा बसेर काम गरेको हाजिरी रेकर्डमा उल्लेख छ ।

 

अन्य अवधिमा घरबिदा, सट्टा बिदा, काज, बाटो म्याद उल्लेख गरेर हाजिरी किताब भरेका छन् । घर बिदा लिइसकेर फेरि हाजिर भएपछि मात्र अर्को घरबिदाको बाटो म्याद लिन पाइन्छ तर डा. बस्नेतले कार्यालय प्रमुख डा. चाँदनी जैसवालसँगको मिलेमतोमा जथाभावी काज र बाटो म्याद स्वीकृति गराएको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए ।

साढे आठ महिना बितिसक्दासम्म जम्मा २७ दिन हाजिरी छ तर सट्टा बिदा ( थप काम गरेको ) मात्र दुई महिनाभन्दा बढी लिएको देखिन्छ, सहायक प्रजिअ शर्माले भने, ’हामीले हाजिरी रजिष्टर झिकाएर अनुसन्धान गरिरहेका छौं’ ।

निजामति सेवा ऐन र नियमावली अनुसार हाजिरी रेकर्ड नभएको पाइए विभागीय कारवाहीको लागि सिफारिस गर्छौं उनले भने ‘प्रारम्भिक अध्ययनबाट डा. बस्नेतले जागिर जोगाउनकै लागि सबै हर्कत गरेको देखिन्छ’ । अघिल्लो बर्षको संचित बिदा साढे १९ दिन र यस वर्षको प्रतिमहिना साढे दुई दिनका दरले पाकेको साढे २२ दिन घर विदाले कति धान्छ’ ।

अस्पतालको दरबन्दी होल्ड गरेर अमेरिका बस्दा सेवा प्रवाहमा समस्या देखिन्छ । काम नगर्ने भए राजिनामा दिएर जान सहायक प्रजिअ शर्माको सुझाव छ। अस्पतालका निमित्त प्रमुख डा. कृष्ण शाहले स्थानीय प्रशासनले डा. बस्नेतका विषयमा सोधपुछ गरिरहेको र आवश्यक विवरण उपलब्ध गराइएको बताए ।

यसैबीच, जिल्ला अस्पताल प्रमुख डा. चाँदनी जैसवालले काम नगरेको अवधीको पनि भत्ता लिइरहेको खुलासा भएको छ । उनी दन्तरोग सर्जन हुन्। दन्तरोगका बिरामी इमरजेन्सीमा भर्ना हुन नआउने भएपनि अन्य चिकित्सकसरह इमरजेन्सीमा रात्री सेवा गरेको भन्दै दुई वर्र्षदेखि थप भत्ता लिइरहेको एक चिकित्सकले बताए ।


ताजा समाचार