Loading... आजः आइतवार, कार्तिक १६, २०७७

अत्याधुनिक मालिका भ्यु–टावारको डि.पी.आरको लागि स्थलगत अध्ययन सम्पन्न


जाजरकोट । भेरी नगरपालिका ६ मछाइनामा बन्न लागेको मालिका भ्यु–टावरको डि.पि.आरको लागि विज्ञहरुको टोलीले स्थलत अध्ययन गरेको छ । सहरी विकास मन्त्रालयबाट भ्यु टावरको डि.पि.आर को जिम्मा पाएको डिलाइट कन्सल्ट प्रालि काठमाडौंका इन्जिनियरहरुको टोलीले स्थलगत अध्ययन गरेको हो । सोमवार उक्त प्रालिका इन्जिनियर सुदिप हाडा, शिवराम ढकाल र भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्ती सहितको टोलीले टावर निर्माण स्थलको अध्ययन गरेको छ ।

“एक सहर, एक पहिचान” अन्तर्गत भेरी नगरपालीकालाई “पर्यटकिय धार्मिक सहर”को रुपमा स्थापित गर्न सहरी विकास मन्त्रालयले भ्यु–टावर निर्माणको लागि यो आर्थिक बर्षमा एक करोड रुपैँया छुट्याएको छ । टावरको डि.पि.आरको लागि स्थलगत अध्ययन गरेपछि इन्जिनियर शिवराम ढकालले माघ महिना भित्रै डि.पि.आर तयार गरिसक्ने बताएका छन् । भेरी नगरपालिकाको सवैभन्दा उच्च स्थानमा रहेको मछाइनाको मालिकामा अत्याधुनिक भ्यु–टावर निर्माणले अव तिव्रता पाउने नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । भेरी नगरपालिकाले सम्पन्न नगरपरिषदबाट भ्यु–टावरको लागि २० लाख रकम छुट्याइएको थियो । तर सहरी बिकास बाटै बजेटको पहल भएपछि नगरपालिकाले छुट्याएको रकम पुजिगत तर्फ लागानि गरेको नगरप्रमुख घर्तीले जानकारी दिए ।

मालिका भ्यु–टावार निर्माण स्थल

करिव ६ देखि ८ करोड सम्मको लागत लाग्ने रिङ्गबार सहितको अत्याधुनिक भ्यु टावर बन्ने नगरप्रमुख घर्तीले बताए । टावर निर्माण गर्न बजेटको लागि बिभिन्न निकायमा पहल गरिरहेको उनको भनाई छ । भ्यु टावर निर्माण भएपछि यस क्षेत्रमा आन्तरिक तथा बाह्रे पर्यटकको घुइचो लाग्ने उनको बिश्वास छ । आर्थिक, सामाजिक तथा धार्मिकरुपमा यो क्षेत्रलाई प्रदेशकै नमुना ठाउँको रुपमा विकास गर्न दृढतका साथ लागेकोले सवैले सहयोग गर्नु पर्ने नगरप्रमुख घर्तीको भानाई छ । बडा कालिका बडा मालिकाको मन्दिरहरु भएको यस क्षत्र धार्मिक रुपमा निकै प्रख्यात क्षेत्र समेत हो ।

मालिका भ्यु–टावार निर्माण स्थल

भ्यु–टावर निर्माण स्थल समुद्र सतह देखि २४ सय १२ मिटर उचाइमा रहेको छ । यस टावर निर्माण स्थलबाट जाजरकोट जिल्लाको अधिकाँस भुभाग सजिलै देख्न सकिन्छ । यो जिल्ला संगै छिमेकी जिल्ला रुकुम, सल्यान, दैलेख, रोल्पा, सुर्खेत लागएतका जिल्लाहरुका धेरै भुभागहरु देख्न सकिन्छ । भ्यु–टावर निर्माण स्थल मालिकाबाट बिहानीको सुर्योदयको रमाइलो दृश्य समेत देखिन्छ । टावर निर्माण संगै यस ठाउँका स्थानियहरु हर्सित भएका छन् । आफ्नो ठाउँलाई आर्थिक रुपमा सम्पन्न बनाउन भेरे गाउँका भेरेखर्क, ठाडाबाटा, मछाइना लगायतका ठाउँमा होम स्टे को समेत अबधारणा तयार गरेको नगरप्रमुख घर्तीको भनाई छ ।

भेरी नगरपालिकाका मेयर र इन्जिनियरको टोली

ताजा समाचार