Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

कोहलपुर न्युरोडको मौदान “कोहलपुर सहिद खुल्लामञ्च” मा परिणत

फाईल फोटो : मैदानमा महोत्सव लाग्दाको फोटो

बाँके । कोहलपुर न्यूरोडस्थित खुल्ला मैदानको नामाङ्करण गरिएको छ । कोहलपुर नगरविकास समितिको सोमबार बसेको बैठकले मैदानको नामाङ्करण गरेको हो ।

बजार क्षेत्रको एकमात्र संरक्षित मैदानको पहिचानकालागी “कोहलपुर सहिद खुल्लामञ्च” नामाङ्करण गरिएको नगरविकास समितिका अध्यक्ष अवराज खड्काले जानकारी दिए ।

वर्षौदेखि अब्यवस्थित मैदानको संरक्षणकालागी चारैतर्फ पर्खाल निर्माण गर्ने निर्णय समेत भएको खड्काले बताए । मैदान संरक्षणका लागि बिभिन्न निकायसँग समन्यव गर्ने बताउँदै अध्यक्ष खड्काले भने “मैदानको स्तरउन्नतीकोलागी आगामी आर्थिक वर्षमा नगरविकास समितिले छुट्टै बजेट समेत बिनियोजन गर्ने छ ।”

सोमबार बसेको बठैकले कोहलपुर चौप्परगौंडीमा अटो भिलेज संचालनकालागी जग्गा उपलब्ध गराउने निर्णय समेत गरेको छ । साथै अटोरिक्साहरुलाई ब्यवस्थित गराउनकालागी लामो दुरीको बसपार्क निर्माणस्थल नजिकै पार्किङकालागी अनुमती दिने निर्णय भएको अध्यक्ष खड्काले बताए ।

पार्किङ स्थलको अभावमा जथाभावी राखिएका अटोरिक्साका कारण सडक दुर्घटना बढेको भन्दै छुट्टै पार्किङ स्थलकालागी जग्गा छुट्याउने निर्णय गरिएको खड्काले जानकारी दिए ।

यसैबिच नगरविकास समितिले कोहलपुर चौराहदेखी पूर्व–दक्षिण क्षेत्रमा ब्यवसायीक सटर निर्माण  गर्ने भएको छ । बिभिन्न स्थानहरुमा यसअघि नै सरट निर्माण गरेको नगरविकास समितिले आफ्नो भवनदेखि पूर्वतर्फको राजमार्ग  क्षेत्रमा थप सटर निर्माण गर्ने निर्णय गरेको हो । बैठकले पूर्व निर्माण सम्पन्न भएका सटरहरुको मुल्य समेत निर्धारण गरेको छ । अध्यक्ष खड्काका अनुसार क्षेत्रगत रुपमा एउटा सटरको मुल्य न्यूनतम ४ हजार देखी अधिकतम १० हजारसम्म  निर्धारण गरिएको हो ।

यसैबिच कोहलपुरमा रहेको फलफुल ब्यवसायीहरुलाई बयवस्थित गरिने भएको छ ।
राजमार्ग क्षेत्रमा रहेका फलफुल ब्यवसायीहरुलाई ब्यवस्थित गर्ने निर्णय गरिएको नगर विकास समिति कोहलपुरले जनाएको छ । अब्यवस्थित रुपमा ब्यवसाय संचालन गर्दै आएका ब्यापारीहरुलाई कोहलपुर टेलिकम नजिकै रहेको पार्कमा ब्यवसाय संचालनकालागी क्षेत्र निर्धारण गरिएको हो । नगरविकास समितिको मातहतमा रहेको उक्त पार्कमा फलफुल ब्यवसाय संचालनकालागी क्षेत्र निर्धारण गरिएको कोहलपुर नगरविकास समितिका अध्यक्ष अवराज खड्काले जानकारी दिए ।

बजार तथा राजमार्ग क्षेत्रमा ठेला लगाएर अब्यवस्थित रुपमा ब्यवसाय संचालन गर्दै आएका ब्यवसायीहरुको सहजताका साथै नगरको सुन्दरता कायम गराउनकालागी समेत यस्तो निर्णय गरिएको खड्काले बताए ।


ताजा समाचार